A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionhbcpojnmbg18qvi89q68g9ir38lmfeh1): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

एक सातामा सीमाबाट तीन बालिकाको उद्धार

कपिलस्तुको कृष्णनगर नाकाबाट एक सातामा तीन बालिकाको उद्धार गरेको छ । सीमा निगरानीका क्रममा प्रहरीको सहयोगमा  शान्ति पुनस्र्थापना गृहले कपिलवस्तुको कृष्णनगर सीमा नाकाबाट प्यूठान घर भएका ती बालिकाहरुको उद्धार गरेको हो । प्यूठानको सरुमारानी गाउँपालिका घर भएका दुई र स्वर्गद्वारी नगरपालिकाकी एक बालिकालाई उद्धार गरी घर फिर्ता गरेको शान्ति पुनस्र्थापना गृहका संयोजक भूमिराज भट्टराईले जानकारी दिए । संस्थाले दुई दिनअघि १२ वर्षीय नाम परिवर्तन शान्ति र १४ वर्षकी मीनालाई भारत जाने क्रममा उद्धार गरेको पीआरसी संयोजक भूमिराज भट्टराईले जानकारी दिए । त्यस्तै चार दिनअघि पीआरसीले कृष्णनगर प्रहरीको सहयोगमा प्यूठानकी अर्की १४ वर्षीय बालिकालाई सीमाबाट उद्धार गरी परिवारको जिम्मा लगाएको छ । प्यूठान स्वर्गद्वारी नगरपालिकाकी नरमाया ९नाम परिवर्तन० लाई बिवाहको नाटक रची भारततर्फ लैजाने क्रममा उद्धार गरिएको हो । 

वेरोजगार गरीबीका कारण ती बालिकाहरुलाई काठमाडौंमा राम्रो जागिर लगाइदिने प्रलोभनमा पारी विचौलियाले सीमा नाका कटाउन लागेको संयोजक भट्टराईले बताए । विचौलियाले ती बालिकाहरुलाई शिवराज नगरपालिकाको वडा नं। १ स्थित एक गाउँको सानो होटलमा एक रात राखी अर्को दिन विहानै कृष्णनगर पु¥याएको बुझिएको छ । सीमा निगरानीमा खटिएका शान्ति पुनस्र्थापना गृहका कर्मचारीले शंका लागेर सोधपुछका लागि उनीहरुलाई सम्पर्कमा ल्याएको थियो । सोधपुछका क्रममा उनीहरु विचौलियाको फन्दामा परेको बुझिएको संयोजक भट्टराईले बताए । उद्धार गरिएका दुई बालिकालाई परिवारको जिम्मा लगाई घर फिर्ता गरिएको शान्ति पुनस्र्थापना गृहका संयोजक भट्टराईले जानकारी दिए ।

२०७४ माघ ११ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: