A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionprf3r2oouept56ougi9j3li129jl8so9): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

फुलचोकी हाइकिङ गएका विद्यार्थी बेपत्ता

ललितपुरको थसिखेलस्थित अजय शिक्षा सदनमा अध्ययनरत एक विद्यार्थी हाइकिङ गएर फर्कने क्रममा तीन दिनदेखि बेपत्ता भएका छन् । फुलचोकी डाँडामा गत बिहीबार हाइकिङ गएका कक्षा ५ र ६ का ११ जना विद्यार्थीमध्ये कक्षा ६ मा अध्ययनरत जोन तामाङ हराएका हुन्। फुलचोकी शिखरमा पुगेर ओरालो झर्दा उनी हराएका हुन्। विद्यार्थीसँगै स्कुलका प्राचार्य दुर्गाबहादुर ओली पनि हाइकिङ गएका थिए। रमाइलो गर्दै फर्केका उनीहरूले गोदावरी झरेपछि मात्रै तामाङ छुटेको थाहा पाएका थिए। प्राचार्य ओलीले प्रहरी तथा अभिभावकलाई जनाएअनुसार फुलचोकीबाट गोदावरी झर्ने क्रममा पाँच जनाले थकाइ लाग्यो भन्दै छोटो बाटोबाट जान अनुरोध गरेका थिए। तर, ओलीले बाटो अप्ठ्यारो छ भन्दै जान मानेनन्। विद्यार्थीले कर गरेपछि ‘बाटो देखेको भए तिमीहरू जाऊ, गोदावरीमा पुगेर पर्ख’ भन्दै उनले छोटो बाटोबाट झर्न अनुमति दिएका थिए। तर, गोदावरीमा दुवै समूहका विद्यार्थी भेट हुँदा तामाङ देखिएनन् ।

त्यसपछि सँगैका साथी तथा प्राचार्यले समेत धेरैबेर खोजे पनि नभेटिएपछि दिउँसो ४ बजेतिर गोदावरी प्रहरीलाई खबर गरिएको थियो। हाइकिङ गएका क्षेत्रको बाटो अप्ठ्यारो छ, त्यसमाथि हिउँ पनि परेको छ। उनीहरूले छोटकरी भन्दै आएको बाटोमा ठुल्ठूला भीर पर्छन्। छोटो बाटोबाट पाँच जना आए पनि सबै आ-आफ्नै सुरमा हिँडेकाले को, कहाँ पुग्यो भन्नेसमेत थाहा नपाएको बताएका छन्। प्रहरीलाई बिहीबार नै जानकारी गराइए पनि अँध्यारो भएका कारण सामान्य खोजबिन गरेर प्रहरी फर्केको थियो। उनको खोजी शनिबार पनि जारी छ। शनिबार खोजीमा सहभागी अभिभावक संघ नेपालका पूर्वअध्यक्ष सुप्रभात भण्डारीले भने, ‘विद्यार्थी हराएको ठाउँमा ठुल्ठूला भीर छन्। हिउँ पनि परिरहेको छ। के कारणले हरायो भन्ने किटान गर्न सक्ने अवस्था छैन।’विद्यार्थी गोदावरीबाट करिब सात किलोमिटर हिँडेर फुलचोकी पुगेका थिए। लामो समयसम्म उकालो हिँडेका कारण फर्कने क्रममा थकाइ लागेपछि उनीहरूले छोटो बाटो रोजेका थिए। गोदावरीदेखि फुलचोकी शिखरसम्म सात किलोमिटर दूरी भए पनि पाँच किलोमिटरसम्म सडक यातायातको सुविधा छ। सडक पुगेको ठाउँसम्म गाडीमा गएर बाँकी दुई किलोमिटर मात्र पैदल हिँडाउनुपर्ने भन्दै अभिभावकले विरोध गरेका छन् । ६ कक्षामा पढ्ने भए पनि उनी १७ वर्षका छन्। विद्यार्थी हराएपछि प्राचार्य ओलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। खोजीका क्रममा उनलाई पनि सँगै लगिएको छ। खोजीमा अभिभावक, स्थानीय बासिन्दा, प्रहरी, सशस्त्र र सेनासमेत खटिएका छन्। उनीहरूसँगै तालिमप्राप्त कुकुर पनि परिचालन गरिएको छ। जोन हराएपछि बाटो चिप्लो र अप्ठ्यारो भएको लगायत कारण देखाउँदै उनीहरू हाइकिङ गएको बाटो नहिँड्न प्रहरीले सूचना टाँसेको छ। घटनाको प्रकृति हेर्दा जोन बाटोबाट चिप्लिएको हुन सक्ने अनुमान गरिएको छ। खोजीमा संलग्न निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन ९प्याब्सन० ललितपुरका अध्यक्ष शिव कार्कीले भने, ‘प्राचार्यसँग कुरा गर्दा विद्यार्थी शिखरमा पुगेपछि तीन किलोमिटरसम्म सँगै आएका रहेछन्। बीचमा आएपछि हराएका रहेछन्।’ शनिबार साँझ अबेरसम्म खोजी कार्य जारी रहेको उनले बताए ।

पछिल्लो समय हाइकिङ तथा साथीभाइसँगै मिलेर घुम्न जाने प्रचलन बढे पनि सुरक्षा संवेदनशीलता अपनाउन नसक्दा पटक-पटक दुर्घटना हुने गरेको छ। गत वर्ष पनि महाराजगन्जस्थित भ्याली पब्लिक स्कुलमा अध्ययनरत एक विद्यार्थीको साथीहरूसँगै पोखरा घुम्न जाने क्रममा नदीमा डुबेर मृत्यु भएको थियो। उनको मृत्युमा स्कुलले लापरबाही गरेको भन्दै अभिभावक र आफन्तले विरोध जनाएपछि विद्यालयले क्षतिपूर्तिस्वरूप मोटो रकम तिरेको थियो। थसिखेलमै बस्दै आएका तामाङ जुम्ल्याहा सन्तान हुन्। उनका बाबु विदेशमा छन्। घरमा उनीहरू आमासँग बस्दै आएका छन्। उनको कानमा समस्या भएका कारण ‘एअर बक्स’ ९सुन्न सहयोग पु¥याउने उपकरण० जडान गरिएको थियो ।

२०७४ माघ १३ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: