A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session9i8atbr1inrkimddu8i3dbpef5bstqrq): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

रोल्पामा आगलागीबाट २० लाखको क्षति, बालक घाइते

रोल्पाको सुवर्णावती गाउँपालिका–१ घोडागाउँमा शनिबार भएको आगलागीबाट सात घर जलेर नष्ट हुँदा लाखौंको क्षति भएको छ । आगलागीबाट नरेन्द्र पुन, नरिमा घर्ती, मनबहादुर पुन, किशोर घर्ती, अमर घर्ती र पवि घर्तीको घर तथा घरसँगै रहेको गोठ जलेर नष्ट भएको छ भने कृष्णबहादुर घर्तीको भान्सा कोठा जलेर नष्ट भएको छ । आगलागी भएको खबर पाएपछि इलाका प्रहरी कार्यालयबाट गएको प्रहरी टोली, स्थानीय जनता र समुदायस्तरीय विपद् व्यवस्थापन समितिका पदाधिकारीहरुको सहयोगले आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट नरेन्द्र पुनका ५ वर्षीय छोरा आयुष पुन जलेर घाइते भएका छन् । घाइते पुनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको बताइएको छ । आगलागीबाट घरभित्र रहेका अन्न, लत्ताकपडा, नगद, जिन्सीसमेत जलेर नष्ट भएको छ भने आधा दर्जन पशु चौपायासमेत जलेर नष्ट भएको बताइएको छ । आगलागीबाट करिव २० लाख रूपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको स्थानीयवासी नारायण केसीले जानकारी दिए । आगलागी पीडितका लागि समुदायस्तरीय विपद् व्यवस्थापन समितिले तत्कालका लागि चिनी र च्युराको व्यवस्था गर्नुका साथै बस्नका लागि आफन्तको घर व्यवस्था गरिदिएको केसीले जानकारी दिए । विद्यालय छुट्टीको दिन परेका कारण केटाकेटी खेल्ने क्रममा आगो लागेको अनुमान गरिएको केसीले बताए ।

२०७४ माघ १४ गते ९:३५ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: