समाचारमा बालबालिका

लम्कीका दुई बालक ४ दिनदेखि बेपत्ता

घरबाट खेल्न भनी निस्केका कैलाली लम्कीका दुईजना बालक चार दिनसम्म घर नफर्केपछि अभिभावक चिन्तित भएका छन्। लम्कीचुहा नगरपालिका-१ पूर्व लम्कीमा बस्ने स्थानीय धनमल टमट्टाका १० वर्षीय छोरा वीरेन्द्र टमट्टा र सोही ठाउँका अन्दाजी १२/१४ वर्षीय शंकर दर्जी ४ दिनदेखि बेपत्ता भएका छन्। स्थानीय जनचेतना आधारभूत विद्यालयमा अध्यनरत टमट्टा यही माघ १० गते साथीसँग खेल्न जान्छु भनी साझ ५ बजे साथी शंकर दर्जीसँग घर बाहिर निस्केको पारिवारिक स्रोतले जनाएको छ। घरबाट निस्केको ४ दिन बितिसक्दासमेत दुवैजना बालक घर नफर्केपछि अभिभावक चिन्तित भएका हुन्। बेपत्ता बालकका परिवारले हराएका आफना छोराको खोजि गरिदिन सबैसँग आग्रह गरेका छन्। इलाका प्रहरी कार्यालय लम्कीले भने खोजी कार्य भइरहेको जनाएको छ  ।

२०७४ माघ १४ गते प्रकाशित