समाचारमा बालबालिका

हराएकी बालिकाको गाडिएको अवस्थामा शव फेला

खोलाको बगरमा गाडिएको अवस्थामा खोटाङमा एक बालिकाको शव फेला परेको छ। रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका नौमणि राईको आठ वर्षीया छोरी लुमणिको शव चिम्चिमा खोलाको बगरमा गाडिएको अवस्थामा बुधबार राति फेला परेको हो । बुधबार दिउँसोदेखि हराएकी बालिकाको खोजी गर्ने क्रममा हत्या गरेर घर नजिकैको खोलाको बगरमा गाडिएको अवस्थामा शव फेला परेको स्थानीयले बताएका छन् । हत्या आशंकामा प्रहरीले सोही स्थानका गौमणी राईको १६ वर्षीय छोरा जीउधन राईलाई नियन्त्रणमा लिएको छ। घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए । पक्राउ परेका राईले बालिकाको हत्या गरेको स्वीकारेका छन्, उनले भने, के कारणले बालिकाको हत्या गरिएको हो भन्नेबारे अझै बुझ्न बाँकी छ। स्थानीयले भने राईले बालिकाको बलात्कारपछि हत्या गरेर लुकाउनका लागि खोलाको बगरमा गाडेको हुनसक्ने अनुमान गरेका छन्। पक्राउ परेका राई र मारिएकी लुमणी नाताले दाजु बहिनी हुन् ।

२०७४ माघ ११ गते प्रकाशित