A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session64eo33enjr8dg2a26d4d6lp4k90smvob): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

कालिकोट भाइरल - १६ विद्यालय ४ दिन बन्द

भाइरल ज्वरो नियन्त्रणमा नआएपछि प्रभावित क्षेत्रका १६ विद्यालय ४ दिनका लागि बन्द गरिएको छ । जिल्ला शिक्षा कार्यालयले खाडाचक्र नगरपालिका र सान्नी त्रिवेणी गाउँपालिकाका विद्यालय ४ दिनका लागि बन्द गर्ने निर्णय गरेको हो । जिल्ला दैवी प्रकोप उद्धार समिति र स्थानीय वडाको आग्रहमा जिल्ला शिक्षाले खाडाचक्रका १, २, ३ र ४ वडाका सबै १५ वटै र सान्नी त्रिवेणी गाउँपालिकाको एक विद्यालय बन्द गर्न निर्देशन दिएको जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद तिवारीले बताए । ‘भाइरल ज्वरो समूहमा बढी फैलिने सम्भावना भएकाले विद्यालय ४ दिन बिदा गरेका हौं,’ जिशिअ तिवारीले भने– ‘भाइरलबाट प्राय: सबैजसो बालबालिका प्रभावित भएकाले विद्यालय बन्द गर्नुपर्ने भयो ।’ रोगबाट ३ बालबालिकाको मृत्यु भइसकेको छ ।

जिशिअ तिवारीका अनुसार खाडाचक्रसहित सान्नी त्रिवेणीको बडरुख आधारभूत विद्यालयमा १ सय ५० विद्यार्थी बिरामी परेकाले मंगलबारदेखि बन्द गरिएको छ । खाडाचक्रमा पनि ८० प्रतिशत स्कुले बालबालिका बिरामी परेको जिल्ला स्वास्थ्य प्रमुख डा। कौशल अलीले बताए । उनले गाउँमा जाँदा अधिकांश बालबालिकामा भाइरल र झाडापखाला देखिएकाले विद्यालय बन्द गर्न अनुरोध गरिएको जनाए । उनका अनुसार मंगलबार पनि १ सय ७७ जना बिरामीको परीक्षण गरिएको छ । उनले खाडाचक्रको ४ वडा, सान्नी त्रिवेणी र नरहरिनाथ गाउँपालिकामा औषधि पठाइएको जानकारी दिए । शुक्रबारसम्म विद्यालय बन्द गरेर बिरामी पहिचान र उपचारमा सहजीकरण गर्न शिक्षकलाई अनुरोध गरिएको जिल्ला शिक्षाले जनाएको छ । खाडाचक्रको वडा २ र ४ मा १ हजार १ सय ३० बिरामी भेटिएको खाडाचक्र नगरपालिका खटिएका स्वास्थ्य संयोजक डा। सुवास शर्माले बताए । उनले पुराना बिरामी सञ्चो हुँदै गइरहे पनि नयाँमा संंक्रमण देखिएको जानकारी दिए । सुर्खेतबाट आएको एक ट्रक औषधिमध्ये केही मंगलबार भाइरल प्रभावित गाउँमा पठाइएको जिल्ला स्वास्थ्यले जनाएको छ । पलाता, पचालझरना, नरहरिनाथ गाउँपालिका र रास्कोट नगरपालिकामा फैलिएको भाइरल ज्वरो नियन्त्रणमा आइसकेको जिल्ला स्वास्थ्यको दाबी छ । भाइरलबाट वडा ४ मा ३ बालबालिका, एक वृद्ध, वडा ३ मा २ वृद्ध र वडा २ मा ३ वृद्धवृद्धासहित ८ जनाको मृत्यु भइसकेको छ ।

२०७४ माघ १० गते ०६:३३ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: