A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionis022o5urnffk1mt2mk5fhcfcfmvlbga): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

सल्यानका बालबालिकामा कुपोषणको समस्या

सल्यान, माघ १६ – सल्यानमा अधिकांश बालबालिका कुपोषणको सिकारमा परेका छन् । ग्रामीण तहमा रहेका विद्यालयमा गरिएको परिक्षणले यस्तो तथ्य देखाएको हो । विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तर्गत अध्ययन गर्ने ५ देखि १९ वर्षका विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गर्दा अधिकांश विद्यार्थीमा उमेर अनुसार तौल नबढ्ने, दुब्ला पातला बढी हुने समस्या देखिएको हो । कुमाख गाउँपालिका – ७ जिमालीको स्वास्थ्यचौकीका अहेब केशर बोहराले भन्नुभयो, ‘विद्यार्थीहरुमा कम तौल र ख्याउटेपना देखिएर यस्तो विकराल अवस्था होला भनेर सोचेका थिएनौँ ।

जिल्ला शिक्षा कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयको समन्वय तथा सेभ द चिल्ड्रेन र दलित विकास समाज सल्यानको साझेदारीमा संचालित एकिकृत परियोजनाको सबैका लागि सिकाइ परियोजनाको सहयोगमा कुमाख गाउँपालिका ७ का तिनवटा विद्यालयले विद्यालय स्वास्थ्य तथा पोषण शिविर संचालन गरेका थिए । स्वास्थ्य परिक्षण गरेका दुई सय १० विद्यार्थी मध्ये एक सय ३१ विद्यार्थीको उमेर अनुसार उमेर, तौल नबढेको देखिएको हो । त्यसमा पनि ६७ जनाको गम्भीर न्यून अवस्था देखिएको छ । यहाँका विद्यालयमा अविभावकले आफ्ना छोराछोरीलाई खाजा बनाएर पठाउने गरेका छैनन् । विद्यालयका प्रधानाध्यापक डिल्ली बहादुर बुढाथोकीले भन्नुभयो, ‘विद्यालयमा खाजा खान कुनै खाजा पसल छैन । समयमै खाजा खान नपाउँदा र उचित समयमा पोषणयूक्त खाना खान नपाएकाले यस किसिमको समस्या आएको हो । विद्यालयमा बालबालिकाहरुको यस्तो अवस्था आएपछि स्वास्थ्य तथा पोषण शिविर राखेर बालबालिकाको स्वास्थ्यमा सुधार ल्याउने तयारी भइरहेको सेभ द चिल्ड्रेनकी जिल्ला संयोजक विमला सुवेदीले जानकारी दिनुभयो । कतिपय अभिभावकहरुले खाजाको सट्टा पैसा पठाउछन् जनता आधारभुत विद्यालयका प्रधानाध्यापक जनकराज डिसिले भन्नुभयो, ‘पैसा भएकाले चाउचाउ विस्कुट जस्ता खानेकुरा खान्छन् पैसा नहुनेहरु भोकभोकै हुन्छन् ।’ चाउचाउ, विस्कुटजस्ता खाना खान निषेध गरेर घरमै बनाएको खाजा पठाउने हो भने बालबालिकाहरुको तौलमा सुधार हुने अहेब बोहराले बताउनुभयो ।

२०७४ माघ १६ गते १२:०४ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: