समाचारमा बालबालिका

बालिकालाई बलात्कार गरेको अभियोगमा युवक पक्राउ

सिरहाको गोलबजार नगरपालिका–९ बाट प्रहरीले बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्ने गोलबजार नगरपालिका– ९ डण्डाटोलका १८ वर्षीय लाले पासवान रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। पासवानलाई जबरजस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरी अदालतबाट म्याद थप गरेर अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजन भेटवालले जानकारी दिए। माघ ९ गते सरस्वती पूजाको अवसरमा सांस्कृतिक कार्यक्रम हेरेर घर फर्किने क्रममा पासवानले बालिकालाई नजिकैको रहरबारीमा पुर्‍याई जबरजस्ती करणी गरेको जनाइएको छ। पीडित परिवारले घटनाको भोलिपल्ट इलाका प्रहरी कार्यालय गोलबजारमा जाहेरी दिएपछि पासवान पक्राउ परेका हुन् ।

२०७४ माघ १२ गते प्रकाशित