समाचारमा बालबालिका

पौडी खेल्ने क्रममा एकैघरका दुई बालकको डुबेर मृत्यु

पौडी खेल्ने क्रममा बुधबार दिउँसो तुलसीपुर उपमहानगरपालिका–५ नयाँ बसपार्क नजिक रहेको पातुखोलामा डुबेर एकैघरका दुई बालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाका अनुसार मृत्यु हुनेमा सल्यान शारदा नगरपालिका–११ हिउल्चाका लोकेन्द्र कुँवरका १२ वर्षीय छोरा राजकुमार कुँवर र १० वर्षीय कुमार कुँवर छन् । उनीहरू आजैमात्र सल्यानबाट दाङ आएका थिए । 

२०७४ माघ १० गते प्रकाशित