A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session9hc3emv39sokeqnig2k5h060mfh454fe): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

देशभरका ३६५ बालबालिका पुड्कोपनको शिकार बन्दै, प्रदेश ६ सबैभन्दा पीडित

नेपालमा ५ वर्ष मुनिका बालबालिका करिब २७ लाख रहेका छन् । यो तथ्याङ्क अनुसार नेपालमा ५ वर्ष मुनिका ३६ प्रतिशत बालबालिकामा दीर्घ कुपोषण तथा पुड्कोपनको समस्या देखिएको छ ।  नेपाल सरकार स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य महाशाखाका राजकुमार पोखरेका अनुसार प्रदेशगत आधारमा नेपालको बालबालिकामा दीर्घ कुपोषण तथा पुड्कोपनको अवस्था हेर्ने हो भने सबै भन्दा धेरै प्रदेश नम्बर ६ को बालबालिकामा यो समस्या देखिएको छ । प्रदेश ६ मा ५४. ५ प्रतिशत बालबालिकामा पुड्कोपन तथा दीर्घ कुपोषणको समस्या रहेको छ । यस्तै सबै भन्दा कम दीर्घ कुपोषणको समस्या भने प्रदेश ४ को बालबालिकमा रहेको छ । प्रदेश ४ का २८ प्रतिशत बालबालिकामा पुड्कोपनको समस्या देखिएको छ । यो अन्य प्रदेशको तुलनामा कम हो । यस्तै प्रदेश नम्बर २ मा ३७ प्रतिशत, प्रदेश नम्बर ३ मा २९.४ प्रतिशत,प्रदेश नम्बर ५ मा ३८.५ प्रतिशत, प्रदेश नम्बर ७ मा ३५.९ प्रतिशत बालबालिकमा दीर्घ कुपोषण तथा पुड्कोपनको समस्या देखिएको छ । जस अन्तर्गत भूगोललाई आधारलाई मान्ने हो भने हिमाली क्षेत्रका ४६ प्रतिशत बालबालिकामा दीर्घ कुपोषणको समस्या देखिएको छ । यो अन्य भूगोलको आधारमा धेरै हो । यस्तै तराईको क्षेत्रमा ३६.७ प्रतिशत र पहाडको ३२.३ प्रतिशत बालबालिकामा दीर्घ कुपोषणको समस्या रहेको छ ।  दीर्घ कुपोषण भएका बालबालिकामा पनि ४९.२ ५ निम्न वर्गका रहेका छन् । यस्तै निम्न मध्यम वर्गका ३८.७ ५, मध्यम वर्गका ३५.७५,उच्च मध्ययम वर्गका ३२.२ प्रतिशत रहेको छ भने उच्च वर्गको बालबालिका १६.५ ५ रहेका छन् ।

शिक्षाको आधारमा हेर्ने हो भने उच्च शिक्षा प्राप्त गर्ने २२.७ ५ बालबालिकामा दीर्घ कुपोषण तथा पुड्को पनको समस्या देखिन्छ । ३६.७ माध्यामिक शिक्षा लिन र ४५.५ प्रतिशत अशिक्षित बालबालिका दीर्घ कुपोषणबाट ग्रसित भएका छन् । शहरी क्षेत्रको ३२.२ र ग्रामीण क्षेत्रको ४०.२ प्रतिशत बालबालिकालाई समस्या देखिएको छ । कुपोषण लाग्नेमा महिला तथा पुरुषको आधारमा हेर्ने हो भने १ ५ शतले मात्रै महिला बढी देखिन्छन् । पुरुष ३५.७ ५ र महिला ३६ प्रतिशत कुपोषणबाट ग्रसित भएको बालस्वास्थ्य महाशाले जनाएको छ । यो तथ्याङ्क अनुसार प्रदेश ६ लाई अति उच्चमा राखिएको छ २० देखि ३९ प्रतिशत बालबालिका दीर्घ कुपोषण भएको प्रदेशलाई उच्च,२० देखि २९ प्रतिशतलाई मध्यम र १० प्रतिशत बालबालिका कुपोषण भएको प्रदेश लाई न्युन स्वीकार्य भनेर विभागजन गरिएको छ ।  नेपाल डिमोके्रटी एण्ड हेल्थ सर्भे २०१६ अनुसार ३६ प्रतिशत बालबालिका दिर्घ कुपोषण, शीघ्र कुपोषण (तुरुन्तै हुने कुपोषण) १० प्रतिशत , उचाई र उमेर अनुसार तौल नपुग्ने बालबालिकाको संख्या भने २७ प्रतिशत रहेको छ ।   सुष्म पोषण तत्वको कमिले हुने कुपोषण ५३ प्रतिशत बालबालिकामा रक्तअल्पदाको समस्या देखिन्छ ।  बालबालिकामा हुने दीर्घ कुपोषण तथा पुड्कोपनको समस्या गर्भधारणदेखिनै हुन्छ । दुई वर्षको उमेरसम्म तीब्र गतिमा हुन्छ र त्यसपछि यसलाई सुधार गर्न सम्भव हुँदैन् । चिकित्सकहरुको सल्लाह अनुसार किशोरी, गर्भवती, सुत्केरी र दुई वर्षमुनिका बाल्य अवस्थामानै पोषणको अवस्था सुधार गर्नुपर्दछ ।

बालबालिकाको मुत्युको मुख्य कारण कुपोषण 

नेपालमा ५२ प्रतिशत बालबालिकाको मृत्यू हुनुको कारण पुड्कोपन, ख्याउटेपन, उमेरअनुसार तौल मक हुने जस्ता न्यून पोषण सम्बन्धी समस्याहरु रहेका छन् ।  नेपालको जनसंङ्ख्यिक तथा स्वास्थ्य सर्भेक्षण अुनसार सन् २००१ मा ५ वर्ष मुनिका बालबालिकामध्ये ५६ प्रतिशतमा पुड्कोपन अर्थात् दीर्घ कुपोषण थियो । अहिले घटेर ३५।८ प्रतिशतमा पुगेको छ । दीर्घ कुपोषणको समस्याबाट जीवनको उत्तराद्र्धमा उच्च रक्तचाप, मधुमेह जस्ता रोगहरुको जोखिम बढ्न सक्छ ।नेपाल सरकारको तथ्याङ्क अनुसार नेपालमा प्रजनन् उमेरमा १३ प्रतिशत महिलाहरुले धुम्रपान गरेको पाईन्छ भने ४० प्रतिशत महिलाहरु अप्रतक्ष्य रुपमा धुम्रपानबाट प्रभावित भएका छन् । यस्तै खाना पकाउँदा दाउराको प्रयोग गर्दा हुने वायु प्रदूषणले नेपालका ७५ प्रतिशत महिलालाई असर गरेको देखिन्छ । यस्तो समस्याबाट जन्मिएको शिशुमा पनि कुपोषणको समस्या हुने चिकित्सकहरु बताउँछन् । यता नेपालको बहुसूचक सर्वक्षण २०१४ अनुसार २० देखि ४९ वर्षका महिलाहरुमध्ये ४८ प्रतिशतको २० वर्षको उमेरभन्दा अर्थात आमा बन्ने उमेरनै नभई गर्भधारण गर्ने गरेका छन् । त्यसैैगरी १६ प्रतिशत महिलाहरुले १८ वर्ष उमेरभन्दा अघिनै पहिलो बच्चा जन्माई सकेका हुन्छन् । यस्ता महिलाहरुबाट जन्मिएको शिशुमा कुपोषणको बढी जोखिम हुन्छन् ।

५५ प्रतिशतलाई जन्मेको एक घण्टामा स्तनपान 

यस्तै बालबालिका जन्मेको एक घण्टा भित्रमा स्तनपान गराउने बालबालिकाको संख्या ५५ प्रतिशत रहेको, जन्मेको एक दिन भित्रमा स्तनपान गराउनेको संख्या ९० प्रतिशत रहेको छ । जन्मेको ५ महिनासम्ममा बालबालिकालाई आमाको दूध मात्रै खुवाउनु पर्ने हुन्छ अहिले सम्म ६६ प्रतिशत बालबालिकाले जन्मेको ६ महिनासम्म आमाको दूध खाने गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।  निरन्तर ३ महिना सम्ममा स्तनपान ४।३ महिना सम्ममात्रै  आमाहरुले स्तनपान गराउने गर्छन् । बढीमा साढे ३० महिनासम्म पनि आमाको दूध र अन्य खानेकुहरु बालबालिकालाई खुवाउँदै आइरहेको छ । 

रोकथाममा यसो गर्न सकिन्छ 

नेपालका बालबालिकालाई कुपोषणबाट जोगाउनको लागि बच्चा जन्मेको १ घण्टाभित्र स्नतपान गर्न सुरु गरी ६ महिनासम्म पूर्णरुपमा स्तनपानको साथै पूरक खाना खुवाउनु पर्ने हुन्छ । यस्तै खानेपानी तथा सरसफाइको मुख्य भूमिका भएको हुदा कुपोषणको समस्या समाधान गर्नको सबै स्थानमा खानेपानी पुर्याउनु पर्ने देखिन्छ । कुपोषणको बारेमा गर्भवति आमालाई पौष्टीक खाना खुवाउने समय, समयमा स्वाथ्य जाँच गराउने । 

कुपोषण सुधारको लागि के हुँदैछ ? 

बालस्वास्थ्य महाशाखाका राजक्मार पोखरेल दीर्घ कुपोषण तथा पुड्कोपन हुने बालबालिकाको संख्या प्रतिशतको आधारमा घट्दै आईरहेको छ । संख्यालाई अझै कम गर्नको लागि कुपोषणको क्षेत्रमा लागेको सरकारी निकाय क्रियाशिल हुनुपर्ने पोखरेलले बताए । बहूक्षेत्रिय पोषण योजना अन्तर्गत कृषि मन्त्रालय, महिला तथा बालबालिका मन्त्रालय, स्थानीय मन्त्रालय, शिक्षा मन्त्रालय, पशुपन्छी विकास मन्त्रालयलगायत गरी सात वटा मन्त्रालयलाई जिम्मा दिइएको छ । सबैले आफ्नो क्षेत्रबाट डटेर काम गर्न सकेको खण्डमा कुपोषण लागेको बालबालिकाको संख्या घट्दै जाने बताए । जुन कामको ५ वर्षको कार्ययोजना अनुसार राष्ट्रिय योजना आयोगले ४ अर्ब ८६ करोड बजेट बिनियोजन गरेको छ । कुपोषणको क्षेत्रमा काम गर्नको लागि ७५ जिल्लाको लागि ७५ करोड रुपैयाँ बजेट बिनियोजन गरेको थियो । जिल्लागत रुपमा बजेट विनियोजन गर्दा बालबालिकाको अवस्था हेरेर मात्रै बजेट पठाईन्छ । कुपोषणको क्षेत्रमा काम गर्ने सरकारी निकायमात्रै ७ वटा रहेको छ । धेरै निकाय भए पनि प्रभावकारी ढंगबाट अझै सम्म पनि सबै ठाँउमा कार्यक्रम तथा जनचेतना पुग्न सकेको छैन । 

२०७४ माघ १४ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: