A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiongaam4l4sse2u710jvq72ehrcm5n59oar): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

प्रहरीद्वारा बालक कुटिएका परिवार भन्छन् : हामी पनि असुरक्षित भयौँ

सादा पोशाकका प्रहरद्वारा कुटिएका विर्तामोडका बालकका परिवारले कुटपिटमा संलग्न प्रहरीलाई विभागीय कारवाही मात्र नभई प्रहरी सेवाबाट नै बरखास्त गर्नुपर्ने माग गरेका छन् । कुटपिटका कारण आफ्नो छोराको स्वास्थ्यमा गम्भीर असर परेको बताउँदै बालकका बुबा गोपालप्रसाद प्रसाईले सामान्य विभागीय कारवाही गरी छाडे अरु पनि आफूजस्तै पीडित बन्नुपर्ने अवस्था आउने बताए ।‘यसरी नै विभागीय कारवाही भन्दै उन्मुक्ति दिए म जस्तै अरु पनि पीडित बन्ने अवस्था आउन सक्छ, विना कारण कुटपिट हुँदा हामी अन्य परिवार पनि असुरक्षित महसुस गरीरहेका छौँ, हाम्रो माग भनेको नै कडा कारबाही हो’, बि एण्ड सी अस्पतालमा छोराको उपचार गराइरहेका बालकका बुबा गोपालप्रसाद प्रसाईंले भने । उनका छोरा बी एण्ड सीको सघन उपचार कक्षमा उपचार भइराखेको छ ।

गत माघ ११ गते राति इलाका प्रहरी कार्यालय विर्तामोडका सादा पोशाकमा खटिएका प्रहरी जवानद्वय सुजन श्रेष्ठ र श्याम यादवले विर्तामोड–४ का १३ वर्षीय सन्दिप प्रसाईलाई राति कुटपिट गरेका थिए । छिमेकमा भएको झगडा हेरेर फर्कदा प्रहरीले विनाकारण आफूलाई बाटोमा नै कुटपिट गरेको र पुन प्रहरी कार्यालयमा लगेर पनि चोर भन्दै मरणासन्न हुनेगरी कुटपिट गरी घरको गेटमा ल्याएर बालकलाई फालेको उनका आफन्तको भनाइ छ । यता इलाका प्रहरी कार्यालय विर्तामोडका डीएसपी कृष्णप्रसाद कोइरालाले घटना दुःखद भएको बताउँदै घटनामा संलग्न प्रहरीलाई नियन्त्रण्मा लिई अनुसन्धान भइरहेको बताए । ‘घटनाका बारेमा आवश्यक छानबिन गरेर कुटपिट गर्ने प्रहरीमाथि कारबाही सिफारिस गरिने छ,’ डीएसपी कोइरालाले भने । डीएसपी कोइराललाले घटनामा संलग्नलाई अधिकतम कारवाही हुने भएकाले कारवाही नहुने पो होकी भनेर आशंका नगर्न पीडित परिवार र स्थानीयलाई आग्रह गरेका छन् ।

२०७४ माघ १६ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: