A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionsgigjd8njg616fao5ielfkkdikqq3f3g): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

प्रहरीद्वारा बालक कुटपिट

सादा पोसाकमा खटिएका प्रहरीले एक बालकमाथि कुटपिट गरेका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट ड्युटीमा खटिएका प्रहरी जवानद्वय सुजन श्रेष्ठ र श्याम यादवले बिर्तामोड–४ का १३ वर्षीय सन्दीप प्रसाइँलाई बिहीबार राति कुटपिट गरेका हुन् । अभिभावकका अनुसार सन्दीप बिहीबार साँझ आफ्नै टोलमा भएको झगडा हेर्न घरबाट निस्किएका थिए । सुन्दर सामुदायिक प्रहरीका पदाधिकारीले झगडा मिलाएपछि उनी घर फर्किए । तर, घरको गेटबाट भित्र पस्दै गर्दा राति ९ः३० बजे ती प्रहरीले ‘तँ चोर होस्’ भन्दै समातेर लगेको बालकका बाबु भूपाल प्रसाइँले बताए ।

बालकले आफ्नो र बाबुको परिचय दिँदादिँदै ती प्रहरीले मुख थुनेर मोटरसाइकलमा हालेर प्रहरी कार्यालय लगेको भूपालले बताए । कार्यालयमा लगेर महिला सेलमा मरणासन्न हुने गरी पिटेको र डेढ घन्टापछि घरनजिकै सुकुमबासी टोलमा ल्याएर फ्याँकिदिएको उनको भनाइ छ । ‘राति घिस्रिँदै मेरो कोठामा आयो र बाबा म मर्छु होला भन्यो,’ भूपालले भने, ‘अलिक पर हेर्दा सादा पोसाकका प्रहरी गफ गर्दै थिए, हामीले गाली गरेपछि मोटरसाइकल चढेर गए ।’ सोही रात सौचालय जान भनी खाटबाट ओर्लिंदा बालक हिँड्न नसकेर भुइँमा लडेको उनी बताउँछन् । राति नै भूपालले छोरालाई नजिकैको मेडिका हस्पिटल लगे । बालकलाई हाल त्यहाँबाट रिफर गरेर बी एन्ड सी हस्पिटलमा उपचार गराइँदै छ । ‘प्रशासनले अभिभावक बोलाएर जिम्मा लगाउनुपर्नेमा पिटेर किन फ्याँकेको रु’ भूपालको प्रश्न छ । घटनाका विषयमा आवश्यक छानबिन गरेर कुटपिट गर्ने प्रहरीमाथि कारबाही सिफारिस गरिने इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी कृष्णप्रसाद कोइरालाले बताए । ‘अहिले उनीहरूलाई ड्युटीबाट निकालेर भित्रै राखिएको छ,’ डिएसपी कोइरालाले भने, ‘उनीहरूउपर अधिकतम कारबाही गरिनेछ ।’डिएसपी कोइरालाका अनुसार बालकको अवस्थामा सुधार आउँदै छ । बाहिरी चोट नदेखिए पनि उनी डराउने र झस्किने गरिरहेका छन् । बालकको सम्पूर्ण उपचार खर्च कुटपिटमा संलग्न प्रहरीले नै व्यहोर्ने डिएसपी कोइरालाले बताए ।

२०७४ माघ १४ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: