A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiono6vevtqhto8rfmml12712mhqt7r6obts): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

विद्यार्थी हत्याको आरोपमा प्रअ रोकाया पक्राऊ

एसइई परिक्षाको तयारी गर्दै आएकी १७ वर्षीय सिचुडोमा लामाको हत्या आरोपमा प्रधानाध्यापक धनलाल रोकायालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान ९ बजे हुम्ला जाने क्रममा सुर्खेतका विमान स्थलबाट पक्राउ परेका हुन । हुम्ला महावौद्ध विद्यालयमा एसईइको तयारीका लागि ट्युसन पढन विद्यालयमा बस्दै आएकी नाम्खा गाँऊपालिका ५ तुम्कोटकी १७ वर्षीय सिचुडोमा लामाको रहस्य मृत्यु भएको भन्दै उनका परिवारले छानविनको माग लागि जिल्ला प्रहरी कार्यालय हुम्लामा जाहेरी दर्ता गराएका थिए । माघ ७ मा विद्यालयमा अचानक बेहोस भएकी लामालाई उपचारका लागि भन्दै पोखराको मणिपाल अस्पताल पु¥याइएकी छात्राको सोही दिन मृत्यु भएको परिवार श्रोतले जनाएको छ । त्यसलाई अप्राकृतिक भन्दै मृत्युका लामाका परिवारले प्राधानध्यापक धनलाल रोकायालाई दोषी ठहर गरी जिल्ला प्रहरी कार्यालय हुम्लामा जाहेरी दर्ता गरेका थिए ।

विद्यालय अध्ययनका लागि गएको महिना दिन नबित्दै लास देख्न नपाउने गरी भएको छोरीको मृत्युले आक्रोशित बनाएको बाबु लेन्डो मिन्गुर लामा तामाङले बताए । प्रअ रोकायाले सिमकोट सुर्खेत नेपालगञ्जमा अस्पताल हुँदा हुँदाहुदैहेलिकप्टरबाट पोखरा लगेर छोरीको लाससम्म पनि देख्न नपाउने परिस्थिति बनाइएकोले प्रअ रोकाया विरुद्ध जाहेरी दिएको बताए । जिल्ला प्रहरी कार्यालय हुम्लामा जाहेरी दर्ता भएको एक सातापछि प्रअ रोकायालाई सुर्खेत विमानस्थलबाटै पक्राउ गरेका जिल्ला प्रहरी कार्यालयका प्रबक्ता डिएसपी श्याम सिंह चौधरीले जानकारी दिएका छन् । आज सर्खेत विमानस्थलबाट पक्राऊ परेका उनलाई भोली हुम्ला पठाइने डिएसपी चौधरीले बताए । कानुन बामोजिम मुद्धा दर्ता भएको र यसको अनुसन्धानको कार्य सुरु भएको प्रहरीले जनाएको छ । मृतक लामा, उनकी साथी रमिता लामा र प्रअ रोकायाकी छोरी एलिसा सँगै बस्दै आएको परिवार श्रोतले जनाएको छ । मृतक लामा अचेत भएपछि प्रधानाध्यापक रोकायाले परिवारलाई जानकारी नदिई पोखराको मणिपाल अस्पताल पु¥याएको जाहेरीमा पत्रमा उल्लेख छ ।

२०७४ फागुन २ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: