समाचारमा बालबालिका

नदी किनारमा फालिएकी नवजात शिशुको जीवितै उद्धार

महोत्तरी जिल्लाको सोनमा गाउँपालिकामा नदी किनारमा फालिएको अवस्थामा १ दिनको नवजात बालिकालाइ जीवितै उद्धार गरिएको छ । सोनमा गाउँपालिका वडा नंबर – ४ गुलरीया जाने बाटोमा रहेको रुपनी नदीको किनारमा फालिएको बालिकालाई बुधबार गाउँलेहरुको सहयोगमा मंगरथानाका प्रहरीले उद्धार गरेको हो ।बच्चा फालिएको सूचनाको अधारमा उद्धार गरिएको मंगरथाना प्रहरी चौकीको इन्चार्ज मनोज कुमार पासवानले जानकारी दिनुभयो । अहिले बच्चालार्इ सोनमा गाउँपालिका वडा नम्बर ६ मंगरथानामा रहेको उप स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।  बच्चा कसले फालेको भनेर खोजी भइरहेको प्रहरीले जानकारी दिएको हो । 

२०७४ फागुन २ गते १:०६ मा प्रकाशित