A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionagqav0id72eaitnl2dfju92ujv9useca): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

घरमा आगलागी हुँदा तीन बालिकाको मृत्यु

रसुवाको नौकुण्ड गाउँपालिका–५ सिस्नेरी एक घरमा आगो लाग्दा तीन बालिकाको मृत्यु भएको छ। शनिबार दिउँसो सवा तीन बजे वीरबहादुर मोक्तानको घरमा लागेको आगोमा परेर तीन बालिकाको मृत्यु भएको हो । मृत्य हुनेमा ६ वर्षिय बालिका अस्मिता मोक्तान, ७ वर्षिय बालिका रिपोला मोक्तान र ३ वर्षिय बालिका मंगली माया मोक्तान रहेका छन्। अस्मिता धन बहादुरको छोरी हुन् भने रिपोला र मंगलीमाया बीर बहादुरका छोरी हुन्। यी दुबै दाजुभाइको घर जोडेर बनाइएको थियो। घरमा बुबाआमा नभएको समयमा बालिकाले घरमा भएको पोष्टर बालेका थिए । पोष्टर बाल्ने क्रममा बीरबहादुरको घर सल्कन पुगेको थियो । घर भित्रै रहेका यी बालिका गाउँले आउनुपूर्व जल्न पुगेका थिए। घरमा आगो लागेको देखेपछि गाउँलेले आगो नियन्त्रणको प्रयास गरेका थिए। केही समयपछि सरमथलीमा रहेको नेपाल प्रहरी त्यहाँ पुगेका थिए। प्रहरी र गाउँलेको प्रयासमा करिब आधा घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । बुबा आमा घेवामा गएको समयमा घरमा रहेको पोष्टरमा आगो बाल्ने क्रममा पूरै घर सल्कन पुगेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। आगोमा परेर घर पूर्ण रुपमा जलेर नष्ट भएको स्थानीयले बताएका छन् । घरमा रहेको अन्नपात र लत्ताकपडा जल्दा करिब तीन लाखको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ। प्रहरीका अनुसार आगलागिबाट २ मुरी कोदो, ७ मुरी धान र १० मुरी धान जलेर नष्ट भएको प्रहरीले जनाएको छ। मृत्यु भएको बालिकाको पोष्टमार्टमका लागि त्रिशुली अस्पताल लगिएको प्रहरी नायब उपरीक्षक सरतकुमार थापा क्षेत्रीले बताए ।

२०७४ माघ २७ गते ७:४३ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: