A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionj6kfvlm8e9pmqm9fh9uvc8oel5edske8): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

इटहरी बलात्कार : आरोपी भारतबाट पक्राउ

बालिका बलात्कारका आरोपी विराटनगरका मनिष श्रेष्ठलाई प्रहरीले भारतको पश्चिम बंगालबाट पक्राउ गरी शनिबार सुनसरी ल्याएको छ । पुस १६ गते भएको बलात्कार घटनामा उनी आरोपी हुन् । चिया बगानमा काम गर्ने आफन्तको घरमा श्रीमतिसहित बसिरहेका उनलाई नेपालबाट गएका प्रहरीले पश्चिमबंगाल प्रहरीको सहयोगमा पक्राउ गरेको हो । पक्राउ परेका उनको परिचयपत्र भारतीय प्रहरीले माग गरेपछि भने काकडभिट्टा नाकाबाट नेपाल भित्र्याउन निकै समय लागेको थियो । पछि सुरक्षा उच्च अधिकारीले भारतीय अधिकारीसँग वार्ता गरेपछि मात्र मनिषलाई नेपाल ल्याइएको हो । पक्राउ परेका मनिषलाई अनुसन्धानको लागि जिल्ला अदालत सुनसरीबाट आइतबार म्याद थप गरिने वरिष्ठ प्रहरी उपरीक्षक हरिबहादुर पालले बताए । इटहरी २ मा रहेको रोयल रिसोर्ट होटलको कोठा नम्बर ११२ मा १४ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई खोजी गरेको थियो । उनीविरुद्ध किशोरीले किटानी जाहेरी दिएकी छन् । पुस १६ गते घटना भएपनि प्रहरीले आर्थिक लेनदेनमा बलात्कारको घटना दर्ता नगरी मिलापत्र गराई गुपचुप गराएको थियो । प्रहरीले घटना गुपचुप पारेपछि वरिष्ठ प्रहरी उपरीक्षक पालको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन भएको थियो । समितिको सिफारिसमा सुनसरी प्रहरी प्रमुख एसपी विद्यानन्द माझी र इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक चिरञ्जीवी दाहाल यसअघि नै निलम्बनमा परेका छन् ।

 २०७४ माघ २७ गते ६:५९ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: