समाचारमा बालबालिका

दुई विद्यार्थीको डुबेर मृत्यु

बुढीगण्डकी नदीमा नुहाउन गएका दुई जना विद्यार्थीको मंगलबार साँझ नदीमा डुबेर ज्यान गएको छ । त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर – २ सल्यानटार निवासी १५ वर्षीय कुशल हमाल र १३ वर्षीय कस्मिक हमाललाई बुढीगण्डकीमा डुबेपछि उद्धार गरिएको थियो । उनीहरुलाई उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौं लैजादा बाटोमै ज्यान गएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक ध्रुबराज राउतले बताउनुभयो । 

२०७४ चैत्र २१ गते ११:०२ मा प्रकाशित