A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session86vqibpr892g45hdungka25c8sduf9o0): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

यौन दुव्र्यवहारको आरोपमा स्वास्थ्यकर्मी पक्राउ

बिरामी भएर स्वास्थ्यकर्मीकोमा उपचार गर्न गएकी एक युवतीले स्वास्थ्यकर्मीबाटै यौन दुव्र्यवहार भएको भन्दै जवर्जस्ती करणी अन्तर्गत उजुरी दर्ता गराएकी छन् । उजुरी दर्ता पछि स्वास्थ्यकर्मी पक्राउ परेका छन् । जिल्लाको सुनापति गाउँपालिकाकी १७ वर्षीया युवतीले आफू आफु माथि यौन दुव्र्यवहार गरेका भन्दै घटना भएको ८ दिन पछि जवर्जस्ती करणी अन्तर्गत उजुरी दर्ता गराएकी हुन् । किशोरीले सुनापति गाउँपालिका १ गुन्सीमा रहेको स्वास्थ्य चौकीका अहेब राकेश दासमाथि जवर्जस्ती करणीको आरोपमा उजुरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । चैत्र १२ गते एसइइ परीक्षा दिन बेथानबाट गुन्सी गएकी किशोरीलाई टाउको दुख्ने, वाकवाकी लाग्ने, पेट दुख्ने र पखाला चल्ने समस्या देखा परेपछि उपचारका लागि गुन्सीमा रहेको स्वास्थ्य चौकीमा पुगेकी थिइन् । चौकीका अहेबले आफू माथि यौन दुव्र्यवहार गरेको भन्दै पीडितले जवर्जस्ती करणीको उद्योग अन्तर्गत प्रहरीमा आएर मुद्धा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजकुमार थापाले जानकारी दिए । किशारीले आरोप लगाएका स्वास्थ्यकर्मीलाई गिरफ्तार गरी अनुसन्धान कार्य समेत भइरहेको प्रहरीले जानकारी दिएको छ ।

२०७४ चैत्र २३ गते १०:५९ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: