समाचारमा बालबालिका

बलात्कारमा चिनजानकै संलग्नता

अधिकांश बलात्कारको घटनामा ‘चिनजान’ कै संलग्नता रहेको प्रहरीको अनुसन्धानले देखाएको छ । धनुषामा भएको घटनामा चिनजानकै व्यक्तिले प्रलोभन र कब्जामा पारेर बालिकालाई बलात्कार गरेको प्रहरी अनुसन्धानले पुष्टि गरेको छ । धनुषा, सहिदनगर नगरपालिका–८ की १४ वर्षीयालाई बुधबार राति ‘परिचितै’ ले नै सामूहिक बलात्कार गरे । ३२ वर्षीय भुट्टाई उपनामका मनोज यादव र ३० वर्षीय दिपेश बिराजीले घरबाट पर खेतमा लगेर किशोरीलाई बलात्कार गरेका हुन् । घर जान लागेकी किशोरीलाई दुबै जनाले मुखमा कपडा कोचेर नियन्त्रणमा लिए । गाउँभन्दा परको खेतमा लगेर बलात्कार गरेका थिए । बलात्कारमा संलग्न दुबै फरार छन् । यस्तै, जनकपुरमा उपमहानगरपालिका–४ की १२ वर्षीयालाई स्थानीय चार युवाले ०७४ मंसिर २९ गते राति सामूहिक बलात्कार गरे । बलात्कारमा संलग्न २ जना पक्राउ परेर पुर्पक्षका लागि थुनामा छन् । अन्य तीन जना फारर छन् । ०७४ कात्तिक ९ गते राति जनकपुर उपमहानगरपालिका–१८ स्थित छठ घाटमा बसिरहेकी १६ वर्षीयालाई मदिरा सेवन गरेका स्थानीय ६ युवकले सामूहिक बलात्कार गरे । परिवारलाई घटना सार्वजनिक गरे ज्यान मार्ने धम्की दिए । प्रहरीमा बलात्कार भएको १९ दिनपछि कात्तिक २८ गते मात्रै उजुरी पुग्यो । बलात्कारमा संलग्न २० वर्षीय मनिषकुमार मण्डल, १९ वर्षीय राजु मण्डल, १९ वर्षीय गुडु मण्डल र १८ वर्षीय सुनिल मण्डल पक्राउ परे । उनीहरू पुर्पक्षका लागि थुनामा छन् । छिमेकी र चिनजानबाटै उनीहरू बलात्कृत भएको प्रहरीले जनाएको छ । तीनवटै घटनामा आर्थिक रूपले कमजोर विपन्न परिवारका किशोरी पीडित छन् । अधिकांश बलात्कारका घटनामा चिनजानकै व्यक्तिको संलग्नता रहेको प्रहरीले जनाएको छ । प्रदेश २ को ८ जिल्लामा साउनदेखि फागुनसम्म ८ महिनामा ९३ जना बलात्कृत भएको छ । प्रदेश २ प्रहरी कार्यालयका अनुसार पछिल्लो ८ महिनामा सप्तरीमा २२, सिरहामा २२, धनुषामा ६, महोत्तरीमा ५, सर्लाहीमा १३, रौतहटमा ११, बारामा ७ र पर्सामा ७ जना बलात्कृत भएकी छन् । प्रदेश २ का ८ जिल्लामा ०७३र७४ मा १ सय ३२ र ०७२र७३ मा १ सय ४२ जना बलात्कृत भएकी थिइ्न् ।

बलात्कारपाछि हत्या प्रयास
०७४ साउन ३१ गते साँझ घरमा कोही नहुँदा जनकपुर उपमहानगरपालिका पिडारीकी १२ वर्षीयालाई धनुषा बहेडाबेलाका ४० वर्षीया रामचन्द्र महतोले हत्या गरे । बालिकालाई बलात्कार गरेपछि बालिका चिच्याउन थालेपछि महतोले हत्या गरेका थिए । महतो जेलमा छन् । धनुषाको सहिद नगरपालिकामा बुधबार राति मुखमा कपडा कोचेर बलात्कार गरेपछि १४ वर्षीया किशोरीलाई ‘हत्या’ गर्नेरनगर्ने विषयमा दुई युवाबीच विवाद भयो । उनीहरूबीच विवाद हुँदा बलात्कृत बालिका त्यहाँबाट भाग्न सफल भइन् । बालिकालाई बलात्कार गरेपछि घटना लुकाउन आरोपीमध्येका एक युवाले उनीलाई हत्या गर्नुपर्ने अडान लिए । अर्को आरोपी भने हत्या गर्दा नराम्ररी फस्ने भन्दै उनलाई सम्झाउँदा उनीहरूबीच विवाद बढेको थियो । खेतबाट भागेर घर आइपुगेकी किशोरीले घटनाबारे तत्कालै छिमेकीलाई जानकारी गराए । यसअघि जनकपुरमा उप–महानगरपालिका–४ की १२ वर्षीयालाई स्थानीय चार युवाले ०७४ मंसिर २९ गते राति सामूहिक बलात्कार गरेपछि घटना सार्वजनिक गरेर ‘हत्या’ गर्ने धम्की दिए । विपन्न परिवारलाई युवाहरूले समूहमै आएर धम्क्याउन थालेपछि उनीहरू घटना प्रहरीसमक्ष ल्याउन डराए । छिमेकीको सहयोगमा बलात्कारको त्यो घटना तेस्रो दिन मात्र प्रहरीमा पुगेको थियो । उजुरी ढिलो आउँदा बलात्कारमा संलग्न २ जना पक्राउ परे पनि अरू तीन जना फारर छन् । ०७४ कात्तिक ९ गते राति जनकपुर उप–महानगरपालिका–१८ स्थित पोखरीमा छठ घाटमा बसिरहेकी १६ वर्षीया बलात्कृत भएको १९ दिनपछि मात्र कात्तिक २८ गते उजुरी प्रहरी कार्यालयमा दर्ता भयो । बलात्कारमा संलग्नहरूपीडित किशोरीको घरमा गएर घटना सार्वजनिक गरे ज्यान मार्ने धम्की दिँदा उजुरीमा ढिलाइ भएको थियो । धम्कीका कारण पीडित किशोरीसहित उनको परिवार गाउँबाटै विस्थापित भएका थिए । घरबाट विस्थापित पीडित र उनका परिवारका तर्फबाट आफन्तले प्रहरीमा उजुरी गरेका थिए ।

२०७४ चैत्र १८ गते १०:०५ मा प्रकाशित