समाचारमा बालबालिका

खोलामा डुबेर दुई किशोरको मृत्यु

सिलिचोङ गाँउपालिका–१ मा खोलामा डुबेर दुई किशोरको मृत्यु भएको छ। सोही वडाको रियाम्मा गाउँका १४ वर्षीय छोरा धर्मेन्द्र राई र १३ वर्षीय बालकुमार राईको मृत्यु भएको प्रहरीले जनाएको छ। घरबाट घाँस काट्न भन्दै गएका दुवै जनाको काईकोखोलामा पौडी खेल्ने क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ। उनीहरु साँझसम्म पनि घर नफर्किएपछि खोजी गर्दा खोलामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

२०७४ चैत्र २२ गते प्रकाशित