A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiondsgt4k2htkf7kqv9tpadrtkl3q7896ec): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

दुई बालिका बलात्कृत, पैसा दिने प्रलोभन दिई छिमेकीबाटै बलात्कार

कञ्चनपुरको भीमदत्त नगरपालिका १० जिमुवामा एक व्यक्तिले दुई बालिका बलात्कार गरेका छन् । स्थानीय २१ वर्षिय किसन नाथले पैसा दिने प्रलोभन देखाई ७र८ वर्षकी दुई बालिकालाई सोमबार सॉझ बलात्कार गरेको प्रहरीले जनाएको छ । विद्युतीय रिक्सा चलाउने नाथले सोमबार सॉझ आफ्नै रिक्सामा दुवै वालिकालाई घरभन्दा केहि पर भारतीय जंगल क्षेत्रमा लगेका थिए। जंगलमा वालिकालाई पैसा दिने प्रलोभन देखाई वलात्कार गरेको बालिकाका आफन्तले जनाएका छन्। घट्ना भएको दोस्रो दिन सॉझ दुवै वालिकालाई दिशा पिशाव गर्न समस्या भएको र उनीहरु आपसमा कुरा गरिरहेको अभिभावकले सुनेपछि घट्ना बाहिर आएको हो। अभिभावकले सोधपुछ गर्दा वालिकाहरुले घट्नाबारे जानकारी दिएको अभिभावकले बताएका छन्। ‘दुवैलाई ५०/५० रुपैया दिएर पालैपालो वलात्कार गर्योज, त्यसपछि पैसा खोसेर उनीहरुलाई घर नजिकै छाडेर गयो’ वालिकाहरुले दिएको जानकारीका आधारमा एक अभिभावकले भने । नाथले सोमबार सांझ ७ बजे घरको आगनबाटै दुवै वालिकालाई आफ्नै रिक्सामा राखेर लगेको हो। त्यतिबेला दुवै वालिकाका अभिभावक गहुँ काटन खेतमा गएका थिए। घरमा उनीहरु मात्रै थिए। केहि स्थानीयले वालिका लगेर जंगलतिर गईरहेको देखेका थिए। तर नाथ पनि सोहि ठाउँका भएकाले कसैले वास्ता गरेनन् । उनीहरुलाई राती ९ बजे मात्रै घर पठाएको पीडित वालिकाका आफन्तले बताए। ‘हामी त बच्चा हराए भनेर गाउँभरि खोज्दै थियौं’ एक वालिकाकी जेठा बुवाले भने, ‘नौ बजे राती मात्रै घर आए, कहाँबाट आएको भनेर सोध्दा पल्लो घरबाट भने।’

मंगलबार सांझ घट्ना बाहिर आउने वित्तिक्कै ईलाका प्रहरी कार्यालय गड्डाचौकीका इन्चार्ज सई डिकरदेव पन्तको टोलीले नाथलाई उनकै घरबाट पक्राउ गरेको छ। पक्रने क्रममा उनले प्रहरीमाथि समेत हातपात गरेको पन्तले बताए। तत्कालै दुवै वालिकाको मेडिकल परीक्षण गरिएको छ। बाहिरी रुपमा वालिकाहरुको स्वास्थ्य सामान्य रहेको र मेडिकल रिपोर्ट आएपछि मात्रै थप जानकारी हुने उनले बताए। पीडित दुवै वालिकाका आफन्तले जाहेरी दिने तयारी गरिरहेका छन्। समयमै जाहेरी आए बुधबार मुद्दा दर्ता गरिने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी ज्ञान बहादुर सेठीले बताए। ‘पीडित वालिकाका आफन्तले जाहेरी लेखाइरहेका छन्’ उनले भने, ‘जाहेरी आउने वितिक्कै मुद्दा दर्ता गरेर आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइनेछ।’फागुन अन्तिम् साता पनि कञ्चनपुरकै कृष्णपुर नगरपालिकाको मौरीफांटामा स्कुल जानेक्रममा एक किशोरीलाई वलात्कर गरिएको थियो। उक्त घट्ना भएको साता दिन नबित्दै पुनर्वास नगरपालिकाको ङ गाउँमा पनि डेढ वर्षीया वालिका वलात्कृत भएकी थिइन्। हजुरआमासंगै सुतेकि वालिकालाई सोहि ठाउका एक स्थानीयले बाहिर लगेर वलात्कार गरेको प्रहरीले जनाएको छ।

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: