A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessioni2eks1jaeup76alsdp1v6rdau70qn8sr): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

नौ महिनामा दुई दर्जन बलात्कृत

घटना १ 

चैत ८ गते सातदोबाटो प्रहरी वृत्तनजिकै राजेश बराइलीले ५ वर्षीया बालिकालाई बलात्कार प्रयास गरे। घटनाको केही बेरमा प्रहरीले पीडकलाई घरैबाट समात्यो। अहिले उनी प्रहरी हिरासतमा छन् । 

घटना २

बाँडेगाउँमा चैत ६ गते दीपेश्वर शाह चक्रवर्तीले ७ वर्षकी बालिकालाई बलात्कार प्रयास गरे। उनले बालिकालाई ललाइफकाई कोठामा लगी खाटमा सुताएको, बालिकाको कपडा खोलिदिएको र आफ्नो कपडा खोलेको बालिकाले बताएकी छन्। प्रहरीले उनलाई पक्राउपछि अनुसन्धान गरिरहेको छ।

घटना ३

चैत ८ गते ललितपुरको बडीखेलमा सानुभाइ पहरी आफ्नै भान्जीको कोठामा चिया खाने निहुँ पारेर गए। चिया पकाउने भाँडो माझ्न लाग्दा उनले जबर्जस्ती तानेर भान्जीलाई ‘बाथरुम’भित्र लैजान खोजे। भान्जीले प्रतिकार गरिन्। त्यसक्रममा उनको कुर्ता च्यातियो र नङसमेत गाडियो। घटनाबारे सातदोबाटोस्थित प्रहरी वृत्तमा जाहेरी दर्ता भएको छ ।

यसरी ललितपुरमा पछिल्लो समय शृंखलाबद्ध बलात्कारका घटना सार्वजनिक हुँदै आएका छन्। अधिकांश घटनामा बालिका नै पीडित भएका छन्। सातदोबाटो प्रहरी वृत्तका डीएसपी विनोद सिलवालका अनुसार चैतमा मात्रै चार वटा करणीको जाहेरी दर्ता भएका छन्। उनले भने, ‘बालिका करणी गर्न खोजिएको घटना धेरै छन्।’ उनका अनुसार यस वर्ष सातदोबाटो वृत्तमा मात्रै सात वटा बलात्कारका घटना दर्ता भएका छन्। चैतमा नै चार वटा बलात्कारका जाहेरी परेका छन्। तीमध्ये तीन घटनामा बालिका पीडित छन्। चैत ६ गते बागमती गाउँपालिका–४, प्युटारकी ७ वर्षीया बालिकालाई आफ्नै नाता पर्ने कृष्ण बमजनले करणी गर्न खोजेको आरोपमा पक्राउ गरी अदालतबाट थुना म्याद थपेर चापागाउँ प्रहरी वृत्तले अनुसन्धान गरिरहेको छ। घटनालगत्तै फरार बमजनलाई प्रहरीले मकवानपुरबाट समातेर ल्याएको थियो। चापागाउँ वृत्तका डीएसपी रवीन्द्र रेग्मीले उनीमाथि अनुसन्धान अघि बढेको जानकारी दिए। रेग्मीका अनुसार सुनाकोठीमा ७ वर्षीया बालिकालाई ज्यामी काम गर्ने तराई मूलका एक व्यक्तिले फागुन अन्तिममा बलात्कार प्रयास गरेका थिए। चापागाउँ वृत्तको रेकर्डअनुसार गोदावरीमा ११ वर्षकी र शंखुमा १३ वर्षकी बालिका बलात्कारमा परेका छन्। ‘कतिपय आरोपीमाथि अनुसन्धान चलिरहेको छ त कुनै पीडक जेल चलान भइसकेका छन्’, रेग्मीले भने। उनका अनुसार ‘बेइज्जत हुने’ भन्दै कतिपय घटना आपसमा मिलाउने गरिएको छ। घटना बाहिर सार्वजनिक भइसकेपछि मात्रै प्रहरीकहाँ पुग्ने प्रवृत्ति देखिएको उनले बताए। खासगरी बढी उमेर समूहका बालात्कारका घटना लुकाउन पीडक र पीडितबीच मिलेमतो हुने गरेको छ। ‘करणीको मुद्दामा धेरैजसो बालिका पीडित भएको देखिएको छ’, उनको कथन थियो। साउनयता जावलाखेल प्रहरी परिसरमा नौ वटा बलात्कारका घटना दर्ता भएका छन्। जावलाखेल प्रहरी परिसरका डीएसपी नरेन्द्र चन्दले असार मसान्तयता नौ महिनामा ललितपुर जिल्लाभर २४ वटा बलात्कारका घटना भएको बताए। सातदोबाटो वृत्तका डीएसपी सिलवालले अचेल यौन दुव्र्यवहारका घटनालाई ‘जबर्जस्ती करणी उद्योग’ अन्तर्गत दर्ता गर्ने प्रचलन बढेको उल्लेख गरे। घटना ढाकछोप गर्नेभन्दा सम्बन्धित पक्षलाई सुझाव र परामर्शका माध्यमबाट न्यायका लागि उत्प्रेरित गर्ने गरिएको सिलवालले बताए। ‘कानुनी कारवाही हुने कुरामा विश्वस्त भएपछि बलात्कार र यौन दुराचारका घटना बाहिर आउन थालेका छन्’, उनले भने।

२०७४ चैत्र १४ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: