समाचारमा बालबालिका

पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

नवलपरासी बर्दघाट सुस्ता पूर्व विनयी त्रिवेणी गाउँपालिका-२ निवासी लक्ष्मण सुनारका छोरा ८ वर्षीय अनिल सुनारको खोलामा डुबेर मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय दुम्किवासका अनुसार गएराति अबेरसम्म घर नआएपछि परिवारले खोजी गर्दा विनयी खोलामा मृत अवस्थामा भेटिएका हुन् । उनको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चोरमारा राखिएको छ ।

२०७४ चैत १८ गते १:५७ मा प्रकाशित