A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionuv18ap1beiob4jk4dkp76skuv9dftq98): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

किशोरी बलात्कृत

सोनमा गाउँपालिका ७ सुन्दरपुरकी १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् । आरोपी सोनमा २ का २० वर्षीय चाँद अहमदविरुद्ध प्रहरीमा उजुरी परेको छ । किशोरीकी आमाद्वारा दायर उजुरीमा अहमदले झुक्याएर एकान्तमा पुर्‍याई बलात्कार गरेको दाबी गरिएको छ । सोनमास्थित दिदीको घर गएका बेला अहमद र किशोरीबीच चिनजान भएको थियो । त्यहाँबाट घर फर्कंदै गरेकी किशोरीलाई अहमदले सुन्दरपुर पुगेपछि ‘दिदीले बोलाएको’ भन्दै आफूसँग लगेका थिए । किशोरी मोटरसाइकलमा बसेपछि उनले अर्को ठाउँ पुर्‍याएर बलात्कार गरेको उजुरीमा उल्लेख छ । बलात्कारपछि अहमद किशोरीलाई रौजा मजारस्थित धार्मिक मेलामा छाडेर फरार भएका थिए । प्रहरी उपरीक्षक कुवेर कडायतले पीडितको स्वास्थ्य परीक्षण गराएर मुद्दा दर्ताको तयारी भइरहेको बताए । पीडक पक्षले घटना गाउँमै मिलाउन दबाब दिएको किशोरीकी आमाले बताएकी छन् ।

 २०७४ चैत्र २१ गते १०:२२ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: