A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessione6qcnovqdic8ecqqencq4spc010kcoor): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बुबाबाटै आठ महिनाकी छोरी बलात्कृत

सुन्दै आङ जिरिङ्ग हुने । पत्याउनै मुस्किल घटना । तर पनि पत्याउनै पर्ने । सबैभन्दा संरक्षक मानिने बुबाले आठ महिनाकी छोरी बलात्कार गरेको घटनाले फेरी एकपटक हाम्रो समाज कहाँ जादैछ ? भन्ने प्रश्न गर्न बाध्य बनाएको छ । नवलपरासीमा आठ महिनाकी छोरी बलात्कार गरेको आरोपमा एक बाबु पक्राउ परेका छन् । बुबा भन्ने बोलीसमेत नफुटेकी छोरी बलात्कार गर्ने बाबुलाई आमाको जाहेरीका आधारमा प्रहरीले पक्राउ गरी थुनामा राखेको छ । छोरी बलात्कार गरेको जाहेरीका आधारमा प्रहरीले नवलपरासी बर्दघाट सुस्ता पुर्व गैंडाकोट नगरपालिकाका ३० वर्षीय बुबालाई पक्राउ गरेको हो । उनले घरमा कोही नभएको बेला ८ महिनाकी छोरी बलात्कार गरेको प्रहरीले जनाएको छ । घटना सोमबार भएको र बलात्कार गर्ने बुबालाई प्रहरीले मंगलबार पक्राउ गरी बुधबार मुद्दा दर्ता गरेको हो । पीडित बालिकाकी आमाको जाहेरीका आधारमा प्रहरीले बुबालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक दिवश कुमार जीसीले जानकारी दिए । ती बुबा लागुऔषध दुर्व्यसनीमा फसेको प्रहरीको भनाइ छ । उनलाई हाडनाता करणी उद्योग मुद्दामा म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य अवस्था नाजुक रहेको र उनको अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ । आफ्नै बुबाबाट अबोध बालिका बलात्कृत भई स्वास्थ्य अवस्था नाजुक भएको घटनाले छोरीहरु कसरी र को–कोबाट जोगाउने भन्ने सोच्न बाध्य बनाएको छ ।

२०७४ चैत्र २३ गते ११:५१ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: