A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionsp2ncv079fhr9j1hk5m5psjdusdjkhv7): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ

जबरजस्ती करणीको आरोपमा एक युवा  पोखराबाट पक्राउ परेका छन् । बनेपा नगरपालिका वडा नम्बर–१४, का २० वर्षीय वीरेन भन्ने सुबिन तामाङलाई प्रहरीले पक्राउ गरेको हो । १४ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा इलाका प्रहरी कार्यालय बनेपाले पोखराबाट वीरेनलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक शुनिलजंग शाहले जानकारी दिनुभयो । फागुन २८ गते स्थानीयको विवाहमा गएका वीरेनले मादक पदार्थ सेवन गरी विवाहमा सहभागी बालिकालाई त्यसै दिन बेलुका जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । फागुन २८ गते करणीमा परेकी बालिकाले असह्य भएपछि चैत्र ३ गते मात्र परिवारलाई जानकारी दिएकी थिइन् । चैत्र ३ गते परिवारले बालिकामाथि करणी भएको थाहा पाएपछि परिवारले चैत्र ४ गते इलाका प्रहरी कार्यालय बनेपामा उजुरी गरेका थिए । फागुन २८ गते करणी गरेर वीरेन फागुन २९ गते काठमाडौं भागेका थिए । काठमाडौंमा समातिने डरले फागुन ३० गते उनी पोखरा हान्निए । उनी ३० गते पोखरा गए पनि बालिकाका परिवारले ढिला थाहा पाए र चैत्र ४ गतेमात्र  प्रहरीलाई उजुरी गरेका थिए । चैत्र ४ गते उजुरी परेको भए पनि प्रहरीले अनुसन्धान र खोजी गर्दै त्यसको १३ दिन पछि चैत्र १७ गते पोखराको सृजनाचोकबाट वीरेन पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । 
इलाका प्रहरी कार्यालय बनेपाले जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा वीरेनलाई पक्राउ गरिएको बनेपा प्रहरीले जनाएको छ । अभियुक्त वीरेनलाई अहिले इलाका प्रहरी कार्यालय काभ्रेमा राखेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

२०७४ चैत्र २१ गते ८:१० मा प्रकाशित 

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: