A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session769llii41uuq814fts1n3lrrrjlgd461): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

काफल बेच्दै, कापी कलम किन्दै

बुडर, गैरा, गोगनपानीलगायतका बजारमा अहिले बिहानदेखि रातिसम्म काफल बेच्ने स्कुले बालबालिकाको भिड लाग्ने गरेको छ । महिला तथा बालबालिका घरको अन्य काम छोडेर भए पनि काफल बेच्नमा सक्रिय हुने गरेका छन् । डोटीलगायत प्रदेश ७ का पहाडी जिल्ला सदरमुकाम क्षेत्र र राजमार्ग आसपासमा हिजोआज काफलको छाप्रो बोकेका महिला र स्कुले बालबालिका देखिने गरेका छन् । न्यून आयस्रोत भएका तथा गरीब परिवारका महिला र बालबालिका काफल बेचेर आम्दानी गर्न थालेको जोरायल गाउपालिका गैराका स्थानीय छपेश मल्लले बताउनुभयो । काफल बेच्नेमा प्राय स्कुले केटीकेटी भेटिने गरेको यात्रुहरु बताउँछन् । अधिकांस आर्थिक अवस्था कमजोर भएका बालबालिकाले मौसमी फल विक्री गरेरै आफ्नो पढाइ खर्चको जोहो गर्ने गरेको गोगन पानीकी स्थानीय पवित्रा खत्रीले बताउनु भयो । उहाँले भन्नुभयो ‘न्यून आयस्रोत भएका स्कुले बालबालिकाका लागि काफल राम्रै आम्दानीको स्रोत बनेको छ, दिनभरीमा झण्डै २ हजार सम्मको काफल विक्रि गर्ने गरेका छन्, स्कुलको खर्च उठेको छ । स्कुले बालबालिका विद्यालय समय पछि यो व्यवसायमा लाग्ने गरेका छन् । खडेरी तथा असिना पानीले बालीको उत्पादन घटाएपछि बालबालिकाले काफल बेचेरै अन्नसमेत किन्ने गरेको स्थानीय बताउँछन् । 

२०७५ जेठ ८ गते ११:०२ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: