A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionuh6q9m1fauhj8tmo6sgn9lftabojp59a): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

विद्यालय छोडेर यार्चा टिप्न डोल्पा

डोल्पाका हिमाली पाटनमा यति बेला मानिसको घुइँचो लागेको छ।यार्चागुम्बा टिप्नका लागि डोल्पा जिल्ला मात्र नभएर छिमेकी जिल्ला रुकुमम, जाजरकोट सुर्खेत, दैलेख, जुम्ला, सल्यान, नेपालगञ्ज, रामेछाप,धादिङ्गलगायत अन्य विभिन्न जिल्लाबाट डोल्पाका हिमाली पाटनमा पुगेका छन्। यार्चागुम्बा संकलनका लागि बालबालिका विद्यालय छोडेर डोल्पाका हिमाली पाटनमा पुगेका छन्। विद्यालय छोडेर जाजरकोटबाट डोल्पा पुगेका १४ वर्षीय सुजन विकले बाध्यता भएको बताए।उनले भने, यार्सा टिपेन भने वर्षभरि खान पुग्दैन, पढाइ त भइ हाल्छ नि। आफूले खाने रासन,लत्ता कपडा बोकेर पाटन जाने तयारी गरेको जाजरकोट नलगाड नगरपालिकाका यज्ञबहादुर जैसिले बताए।उनले भने, यार्चाबाटै गरेको आम्दानीले घरखर्च चलाउनुपर्छ र छोराछोरीलाई पनि यही पैंसाले पढाउनु पर्छ। यार्चागुम्बा टिप्नकै लागि घरबाट हिँडेको ३ दिन भएको छ। अझै ४ दिन जति हिडेपछि मात्र यार्चा पाटन पुग्ने जाजरकोटकै अर्का यार्चा संकलक रामबहादुर विकले बताए।रामबहादुरले भने, जागरि छैन, हाम्रो त जागरि भने पनि यार्चागुम्बा नै हो।

सानासाना बालबालिका मात्रै नभएर ६० वर्ष माथिका वृद्धसमेत डोल्पाका हिमाली यार्चा पाटनमा पुगेका छन्।यतिबेला दैनिक हजारौको संख्यामा जगदुल्ला,कागमारा,मालुवा,पेरिकोक्पा,शागर,कुनासा,नावरपानि,शिसौल,बाघडाडा,ओपा,पोकेपानि,साइकुमारी,ठाँगेलगायका दर्जनौ यार्चा पाटनमा जानेको भीड लागेको छ। जिल्ला बाहिरका नागरिकले प्रति व्यक्ति यार्चा संकलनका लागि प्रवेश शुल्क ३ हजार र सेवा शुल्क ५ सय गरी पैतिस सय तिर्नुपर्छ । निकुञ्ज क्षेत्रका पाटनमा जेठको १ गते खुलिसकेका छन् भने सामुदायिक बनमा १० गते खोल्ने भएको पोकेपानि सामुदायिक वनका अध्यक्ष धर्मलाल बुढाले जानकारी दिए। उनले भने, यार्चा पाउने बन बन्द गरिएका छन्, सबै मानिस जम्मा भएपछि मात्र सिटी मारेर बन खुल्ला गरिने बताए  ।

२०७५ जेठ १० गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: