A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessione6qcnovqdic8ecqqencq4spc010kcoor): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

हुरीले ढलाएको रूखले च्यापिएर बालकको मृत्यु

हावाहुरीले ढलेको रुखले च्यापिएर दैलेखको ठाँटीकाँधमा एक बालकको मृत्यु भएको छ। ठाँटीकाँध गाउँपालिका-६ लाममेला टोलका जोगी दमाईंका छोरा आठ वर्षीय बालक रमेश नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ। हावाहुरीले घरनजिकैको सल्लाको रुख जोगी दमाईंको घरमा ढलेर घर भत्किँदा ती बालकको घटनास्थलमै मृत्यु भएको ठाँटीकाँध प्रहरी चौकीका प्रहरी हवल्दार आकाशसिंह ठकुरीले जानकारी दिए। चार छोरा र आमा अम्रा नेपाली बुधबार मध्यराति सुतिरहेको समयमा सल्लाको रुख ढलेर घर भत्किएको थियो। लगत्तै आमाले सबै बच्चाहरुलाई बाहिर निकालेकी थिइन्। बाहिर निकाल्दा रमेशको मृत्यु भइसकेको स्थानीयले निश्चित गरेका थिए। भत्किएको घरबाट निस्कन सके पनि अम्रा नेपालीको दुवै खुट्टाको तिघ्रा र ढाडमा चोट छ। त्यसैगरी, जेठो छोरा १५ वर्षीय कलम नेपालीलाई टाउकोमा चोट लागेकोले ठाँटीकाँध प्राथमिक स्वास्थ्य केन्द्रमा प्रारम्भिक उपचार गरिएको वडाध्यक्ष मनबहादुर सिजापतिले जानकारी दिए। दैवी प्रकोपपीडित परिवारको राहत सहयोगमा जुट्न सरकारी निकायहरुलाई निर्देशन दिएको दैलेखका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले बताए। मृतक बालक रमेश नेपाली सूर्योदय आधारभूत विद्यालय लाममेलामा कक्षा २ मा पढ्दै थिए। रमेशका बुबा जोगी दमाईं भूकम्प प्रभावित क्षेत्र काभे्रमा अघिल्लो वर्ष मजदुरी गर्न गएका छन्। जोगी दमार्इंका चार छोरामध्ये रमेश साइलो छोरा हुन् ।

२०७५ जेठ ११ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: