A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionarop889l8uqo35fmlcb4j72ms92g7aac): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

पढाइ छोडेर पर्यटक घुमाउँदै

रारा ताल वरपरका क्षेत्रका बालबालिकाले पढाइ छोडेर पर्यटकलाई घोडामा घुमाउन थालेका छन् । यहाँका मुर्मा, झयारी, टोप्ला, सिगाडी, पिना, माथितुम, तलितुम, कार्कीबाडा, मुन्दु, कोटिला लगायतका बालबालिकाले पर्यटकलाई घोडामा घुमाउन थालेका हुन् । रारा भ्रमणमा आएका पर्यटकलाई लक्षित गर्दै रारा ताल आसपासका क्षेत्रमा घोडा व्यवसाय फस्टाउन थालेको छ । कक्षा ८ देखि १० सम्मका छात्रछात्रा पढाइ छोडेर रारामा घोडा लिएर पर्यटकलाई घुमाउन थालेका छन् । केही बालबालिका अभिभावकसँगै घोडा व्यवसाय सञ्चालन गर्न थालेका छन् । छायानाथ रारा नगरपालिकाको मुर्मा गाउँकी १४ वर्षीया बिजुल्ली रोकायाले केही महिनादेखि पर्यटकलाई घोडामा घुमाउने गरेकी छन् । भ्रमणमा आउने आन्तरिक पर्यटकले घोडा चढेबापत राम्रो रकम दिने गरेको उनको भनाइ छ । ‘पर्यटकले घोडा चढेबापत दिने रकमले राम्ररी घर र अन्य खर्च चल्न थालेको छ,’ उनले भने, ‘विद्यालयमा नियमित पढाइ हुँदैन, त्यसैले दैनिक रारा आउने गरेकी छु ।’ एक दिनमा घोडामा पर्यटक घुमाएको तीन हजारदेखि चार हजारसम्म कमाइ हुने उनको भनाइ छ ।

पैसाको लोभले अभिभावकले बालबालिकालाई घोडा लिएर रारामा पठाउने गरेको स्थानीयको भनाइ छ । विद्यालयले कडाइ गरे पनि विद्यार्थी केही रकमको लोभले रारामा घोडा लिएर जाने गरेको नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालय मुर्माका शिक्षक विक्रमबहादुर शाहीले बताए । दैनिकजसो २० देखि ३० जना विद्यार्थीहरू पढाइ छोडेर रारामा घोडा कुदाउन जाने गरेको उनले बताए । वरपरका गाउँबाट पर्यटकका लागि दैनिक ६० बढी घोडा रारामा लिने गरिएको उनको भनाइ छ । कतिपय अभिभावक खेतीका काममा व्यस्त हुने गरेकाले बालबालिकालाई घोडा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको मुर्मा गाउँकी बेलमती रोकायाले बताइन् । रारा भ्रमणमा आउने पर्यटक घोडा चढेर ताल वरपर घुमघाम गर्न रमाउने गरेकाले घोडा व्यवसाय फस्टाउँदै गरेको उनको भनाइ छ । घोडा व्यवसायमा लागेका बालबालिकाले पर्यटकले घोडा चढेर फोटा खिचेबापत ५० रुपैयाँ, ताल वरपर घुमेबापत ५ सय रुपैयाँ, रारा विमानस्थलसम्मको दुई हजार पाँच सय र मुर्माटपसम्म दुई हजार रुपैयाँ लिने गरेका छन् । घोडा व्यवसाय फस्टाउँदै जाँदा रारा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने विद्यार्थीको विद्यालयमा उपस्थिति घटेको छ । जिल्ला समन्वय समितिकी उपसंयोजक कर्णशिला मल्लले मध्यवर्ती क्षेत्रका बालबालिकाको पढाइ बिग्रँदै गएकाले विद्यालयले कडाइ गर्नुपर्ने बताइन् । स्थानीयले ६५ देखि ८५ हजारमा घोडा खरिद गरेका छन् । शिक्षक र अभिभावक मिलेर रारामा घोडा सञ्चालन गर्दै आएका बालबालिकालाई विद्यालय पठाउन पहल गर्नुपर्ने शिक्षा विकास समन्वय इकाईका संयोजक धनसुधन चौलागाईंले बताए ।

२०७५ जेठ १० गते ११:४२ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: