A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionv3njec0526j16911p664gjdrnd4ss7j6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालविवाहको चपेटामा विद्यार्थी

कपिलवस्तुु शुुद्धोधन गाउँपालिका लवनीस्थित मोतिभारी निम्न माध्यमिक विद्यालय (हाल आधारभूत विद्यालय) मा कक्षा आठमा अध्ययनरत अञ्जलि चाईको एक वर्षअघि नै बिहे भइसकेको छ। उनको विवाह भारतीय नागरिक अनिल चाईसँगै भएको हो। अहिले माइतीमै बसेर पढिरहे पनि उनलाई कतिखेर कर्मघर पठाइन्छ, केही ठेगान छैन। आमाबाबुुले एसईईसम्म पढाइदिन्छुु त भन्नुुभएको छ। तर घर पक्षबाट बोलाउनुुभयो भने जतिखेर पनि जानुुपर्छ’, अञ्जलि भन्छिन् । सोही विद्यालयमा कक्षा आठमै पढिरहेकी दुुर्गावती यादवको पनि अवस्था उस्तै छ। उनको पनि गतवर्ष बिहे भएको हो। रूपन्देहीको लुुम्बिनी सांस्कृतिक नगरपालिकाका सर्वर यादवसँग उनको विवाह भएको हो। परिवारले केही वर्ष माइतीमै बसेर पढाइदिने बताए पनि उनलाई घर परिवारले लैजान्छुु भन्दै आए भने पढाइको वास्ता नगरी जानुुपर्छ। यो स्कुुलमा अहिले कक्षा आठमा पढिरहेका मात्र तीन जना छात्राको विवाह भइसकेको छ। अन्य कक्षामा पनि यस्तै अवस्था छ। विवाहकै कारण बीचमै पढाइ छाडेर गएका विद्यार्थी प्रशस्त छन्। विवाहपछि श्रीमान्ले सँगै लैजाने समस्या त छँदै छ, आमाबाबुले पनि अब हुर्कियौ भन्दै छोरीलाई पढाइबाट वञ्चित गराउने गरेका छन्।

यहाँ बालविवाह सामान्य जस्तै छ। पछिल्ला दिनमा छोरीको विवाह गरिदिए पनि केही समय पढाइदिनुुपर्छ भन्ने चेतना अभिभावकमा आएको छ’,विद्यालयका शिक्षक पवन पाण्डेले भने, ‘तर बालविवाह रोकिएको छैन, जसले छात्राको पढाइसमेत प्रत्यक्ष प्रभावित हुुने गरेको छ। कपिलवस्तुुकै छत्रपाली तीर्थादेवी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत सूर्यमती विक पनि विवाहका कारण पढाइबाट वञ्चित छात्रामध्येकी एक हुुन्। पढ्दापढ्दै उनलाई पनि आमाबाबुुले बिहे गरी पठाइदिए। उनी अहिले महिनामा एकदुुई दिन मात्र स्कुुल आउँछिन् र शिक्षकसँग नोट तथा पुुस्तक मागेर लैजान्छिन्। ‘महिनामा एकदुुई दिनभन्दा धेरै दिन स्कुुल आउन पाउँदैनन्। पढ्न किन नआएको भनेर सोध्दा स्कुुल गयो भने श्रीमान्ले गाली गर्छन्, पिट्छन् भन्ने गुुनासो विवाहित छात्रा गर्छन्,’ विद्यालयका शिक्षक मणिराम पन्थीले भने। यही स्कुुलमा कक्षा १० मा अध्ययनरत तीन जना छात्राले विवाहका कारण पढाइलाई निरन्तरता दिन सकेका छैनन्। यही कक्षाका सूर्यमती रहिदास, प्रमिला कोइ यस्ता छात्राका मुुख्य उदाहरण हुन्। ‘पढ्न गयो भने श्रीमानल्े छाडिदिन्छुु भन्नेसम्मको धम्की दिन्छन् रे। मुुस्लिम समुदायका छात्रालाई त माथिल्लो कक्षामा गएपछि मर्द (छारामान्छे) को मुुर्ख हेर्न हुुन्न भन्दै पढाइबाट वञ्चित गरिन्छ’, पन्थीले भने, ‘यहाँका छात्रालाई पढाइबाट वञ्चित गराउने मुुख्य बाधा भनेको सामाजिक बन्धन नै हो। श्रीमान्बाट मात्र होइन,अविश्वासका कारण पनि छात्रा पढाइबाट वञ्चित हुने गरेका छन्। आमाले विवाह भएपछि पढ्न जानुुको सट्टा घरमै बसेर ढाकर बुुन्ने, पंखा बनाउनेलगायत काममा छोरीलाई लगाउने गरेको पन्थीले बताए। यसरी काम गर्न लगाउँदा उनीहरूलाई आफूले बनाएका सामान श्रीमान्को घरमा जाँदा सँगै लैजाने र उनीहरूलाई खुसी पार्नुुपर्ने भनेर छोरीलाई अह्राइसिकाइ गरिन्छ। कक्षा आठमा अध्ययनरत एक छात्राले अवध भाषामा भनिन्, ‘अम्मा कहथिन् पढे नाहि जाहेक ह्य (आमाले भन्नुुभयो पढ्न जानुुपर्दैन)।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुुको शिक्षा विकास तथा समन्वय इकाइका उपसचिव बाबुुराम भट्टराईका अनुुसार यस क्षेत्रमा धेरैजसो छात्रालाई १५ वर्ष पनि नपुुग्दै विवाह गरिदिने चलन छ। ‘केही वर्षअघिसम्म विवाह हुुनेबित्तिकै छात्राको पढाइ रोकिन्थ्यो। तर अहिले विवाह गरिदिए पनि पढाइ रोकिदिनुहुुन्न भन्ने चेतना अभिभावकमा आएको छ’, उनले भने, ‘तर पूर्ण रूपमा नियन्त्रण गर्न सकिएको छैन। सानै उमेरमा विवाह गरे पनि छात्रालाई तत्काल श्रीमान्को घर भने पठाइँदैन। विवाह भएको दिनदेखि हिसाब गरेर विशेषगरी बिजोर वर्ष (एक, तीन, पाँच लगायत) पूरा भएपछि मात्र श्रीमान्को घर पठाइन्छ। यसलाई गौना दिने भनिन्छ। सानै उमेरमा विवाह भए पनि उनीहरूलाई परिपक्व भएपछि दाइजोलगायत सम्पत्ति दिएर पठाइने परम्परालाई गौना दिने भनिन्छ। छात्रालाई स्कुुलमा टिकाइराख्न निकै कठिन रहेको रूपन्देहीको लुुम्बिनी सांस्कृतिक नगरपालिका–६ स्थित तेनुुह्वा साधारण माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहम्मद इलियासले बताए। ‘छात्रालाई विद्यालयमा आकर्षित गराउन र उनीहरूलाई विद्यालयमा टिकाइराख्न हरेक शुुक्रबार चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छौं’, उनले भने, यहाँको अभिभावकमा बालबालिका १४-१५ वर्ष पुुगेपछि नपढाए पनि हुुन्छ भन्ने मानसिकता छ। यसलाई चिर्न राष्ट्रिय स्तरबाटै अभियान सञ्चालन गरिनुुपर्छ।

२०७५ जेठ १२ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: