A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionbukt37m483rd1566uu4bj6i06686vj1t): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालबालिकाको पहुँचमा इन्टरनेट

पर्वतको मोदी गाउँपालिका ८ बालमैत्री वडा घोषणा भयो । उक्त वडाको चित्रे गाउँकी चेलीको केही समयअघि विवाह गर्ने कुरा चल्यो । विवाह गर्ने भनिएका युवकको हुनेवाला बेहुलीकी बहिनीसँग चिनजान हुन पुग्यो । दुवैको फेसबुकमार्फत बाक्लै कुराकानी भए । युवकले दिदीसँग नभई बहिनीसँग विवाह गर्ने प्रस्ताव राखे । युवतीका परिवारले सुटुक्क बहिनी दिएर पठाए । उमेर नपुग्दै विवाह गरेर पठाउन लागेको थाहा पाएपछि नजिकैको विद्यालयका शिक्षकले रोके । उमेर पुगेर विवाह गर्ने सहमति भयो । गत वैशाख १६ मा पर्वत सदरमुकाम कुश्माकै न्यू कुश्मा खाजा घरबाट चार तोला सुन चोरी भयो । वैशाख १८ मा चोरी गरेको सुन, आइप्याड, मोबाइलसहित १९ वर्षका रोशन विक र शिव गुरुङ पक्राउ परे । प्रहरी त्यतिखेर चकित पर्योू जतिखेर उनीहरूले चोरीको योजना बनाउन सामाजिक सञ्जाल प्रयोग गरेको पत्ता लगायो । प्रहरीका अनुसार उनीहरूले फेसबुकमा ‘कोड’ भाषा प्रयोग गरी विभिन्न ठाउँमा चोरीको योजना बनाउने गरेका थिए ।
अनलाइनमा बालबालिकाको पहुँच सहज भएसँगै दुव्र्यवहार, शोषण र अपराधका घटना पनि वृद्धि भएका छन् । उक्त समस्याको समाधान निषेधमार्फत मात्रै नहुने विज्ञ बताउँछन् । पोखरामा आइतबार भएको अनलाइन दुव्र्यवहार र शोषणबाट बाल सुरक्षासम्बन्धी प्रदेशस्तरीय परामर्श कार्यक्रममा सरोकारवालाले समन्वयात्मक कानुनको खाँचो औंल्याए । ‘अनलाइन सुरक्षा र बालअधिकार’ सम्बन्धी आºनो प्रस्तुतिमा गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य मिलन धरेलले बालसुरक्षा र सहभागिताको अधिकारलाई सन्तुलित बनाउनुपर्ने बताए । ‘हामीले बालबालिकाको गोपनीयतालाई सम्मान गर्ने भन्दा पनि धेरै खोजिनीति गर्ने र शंकाको वातावरणले हेर्यौं ,’ उनले भने, ‘निषेधले मात्रै समस्याको समाधान हुँदैन, झन् बल्झाउँछ ।’ उनले प्रदेश सरकारले स्थानीय बालसुरक्षा निर्देशिका बनाएर साइबर सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने सुझाव राखे । अहिले राम्रा भनिएका विद्यालयमा मोबाइल, टयाबलेटबाट पढाउन थालिएकाले शिक्षकले पनि इन्टरनेटको उचित प्रयोग गर्नेबारेमा विद्यार्थीलाई सचेत गराउनुपर्ने उनको धारणा थियो । उनका अनुसार ८० प्रतिशत बालबालिका कुनै न कुनै तरिकाबाट इन्टरनेटमा जोडिएका छन् । ५९ प्रतिशत बालबालिकाले दैनिक १ देखि ४ घण्टा इन्टरनेटमा विताउँछन् । करिब ४ प्रतिशत बालबालिकालाई पोर्नसाइटको लत छ । अध्ययनका अनुसार ५८ प्रतिशत सर्वसाधारण इन्टरनेट प्रयोग गर्छन् । २४ प्रतिशत जनसंख्या सामाजिक सञ्जालमा सक्रिय छ । मोबाइल प्रयोग गर्ने १ सय ३० प्रतिशत छन् । तीमध्ये २३ प्रतिशतले मोबाइलमार्फत इन्टरनेट चलाउँछन् । नेपालमा हुने साइबर अपरामध्ये १५ प्रतिशत मात्रै प्रहरीसम्म पुग्छन् । त्यसमध्ये जम्मा ५ प्रतिशतको अनुगमन र २ प्रतिशत कारबाहीको प्रक्रियामा जान्छन् । हालसम्म ८३ उजुरीमा ९३ ले सजाय भोगेका छन् ।

अधिवक्ता कुञ्जनी परियार ‘प्यासी’ ले जोखिमका बारेमा जानकार नै नभई अनलाइनको पहुँचमा पुग्दा बालदुव्र्यवहार बढेको बताइन् । उनले अभिभावक र बालबालिकामा सचेतना वृद्धिमार्फत इन्टरनेटको व्यवस्थित प्रयोग गर्नुपर्नेमा जोड दिइन् । ‘अभिभावकले बालबालिकालाई मोबाइल, आइप्याड, ल्यापटप दिएर भुलाउने कोसिस गर्नु हुँदैन,’ उनले भनिन्, ‘अधिकतम समय बालबालिकासँग बिताउनुपर्छ ।’ विद्यालयमा कम्प्युटर विषयमा पढाइ हुने भए पनि साइबर सुरक्षासम्बन्धी पाठयक्रममा समावेश नहुँदा सचेतनाको अभाव भएको उनले सुनाइन् । प्रादेशिक तथा स्थानीय तहमा विद्युतीय कारोबार ऐनमार्फत बालसुरक्षालाई सम्बोधन गर्नुपर्ने उनको सुझाव थियो । जिल्ला प्रहरी कार्यालय कास्कीकी महिला तथा बालबालिका इकाइ प्रमुख चन्द्रा गुरुङले विद्युतीय कारोबारसम्बन्धी मुद्दा प्रहरीको महानगरीय अपराध महाशाखा हनुमानढोकाले मात्रै हेर्ने भएकाले पनि अप्ठेरो परिस्थिति सिर्जना भएको बताइन् । राष्ट्रिय मानवअधिकार आयोग पोखरा क्षेत्रीय कार्यालय प्रमुख नीतु गड्तौलाले भने प्रहरीले चाहे जस्तोसुकै अनुसन्धान गर्नसक्ने उल्लेख गरिन् । उनले भनिन्, ‘प्रारम्भिक अनुसन्धान नगरी पन्छाउने काम प्रहरीबाट भएको छ ।’ उनले इन्टरनेटको लतमा फसेकालाई राख्ने सुधारगृह नै चाहिने अवस्था सिर्जना भइसकेको जनाइन् । महिला तथा सामाजिक विकासमन्त्री नरदेवी पुनले बालबालिकालाई इन्टरनेटको पहुँचबाट रोक्नेभन्दा पनि सिर्जनात्मक प्रयोगमा जोड दिनुपर्नेमा सहमति जनाइन् । ‘इन्टरनेट ब्लक गर्ने कुरा उचिन होइन,’ उनले भनिन्, ‘परिवर्तित समयअनुसार साधनस्रोतको प्रयोग गर्नुपर्छ तर दुरुपयोग हुनुहुँदैन ।’ उनले प्रदेश कानुनमा साइबर सुरक्षालाई सम्बोधन गर्न आºनो पहल रहने प्रतिबद्धता व्यक्त गरिन् । कार्यक्रममा प्रदेश ४ का विभिन्न जिल्लाबाट सहभागी प्रतिनिधिले आ–आºना जिल्लामा भएका गतिविधिका बारेमा जानकारी दिएका थिए । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) र सिविनले संयुक्त रूपमा कार्यक्रम आयोजना गरेका हुन् ।

२०७५ जेठ ८ गते १०:०६ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: