A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionnsa6br0b3puaklvuq2is0lu8d68up7ee): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

विद्यालय जाँदैनन् माझी बालबालिका

तमोर नदी किनारमा रहेको जिल्लाको आठराई गाउँपालिका छातेढुंगा माझी गाउँका बालबालिका गाउँमै विद्यालय भए पनि निरन्तर जाँदैनन् । माझी बस्तीका बालबालिकाले विद्यालय टाढा भएर पढ्न नपाएको भन्दै स्थानीयले २०५४ सालमा गाउँमै विद्यालय खोले पनि माझीका बालबालिका नियमित रूपमा विद्यालय जाँदैनन् । मुख्यतः गरिबी र बेरोजगारीका कारण माझी वस्तीका बालबालिका विद्यालय जाने वातावरण बन्न नसकेको स्थानीयको गुनासो छ । माझीहरूको बाहुल्य रहेको यो गाउँमा करिब ४० परिवार बस्छन् । गाउँमै रहेको विद्यालय पढेर हालसम्म कसैले पनि प्रवेशिका वा माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गर्न सकेका छैनन् । पाँच कक्षा पास नगर्दै माछा मार्न थालेका यहाँका युवा काम गर्न सक्ने भएपछि कोही भारत त कोही खाडी मुलुकतिर जाने गरेका छन् । सो गाउँको कुल जनसंख्या अढाइ सयको हाराहारी रहेको छ । तर सो वस्तीमा रहेका वा भेटिएका सबै जसो बूढाबूढी र केटाकेटी मात्र छन् ।

गाउँमा १५ वर्ष उमेर समूहका बालबालिका मात्र पनि सय बढी छ । तर, गाउँका बालबालिकाकै लागि खोलिएको विद्यालयमा अहिलेसम्म ६८ जना बालबालिका मात्र भर्ना भएका छन् । भर्ना भएकामध्ये पनि १० जना बढी विद्यार्थी नियमित रूपमा विद्यालय नआउने गरेको प्रधानाध्यापक मायादेवी बाँस्कोटाले जानकारी दिइन् ।  विद्यार्थी संख्या बढाउन विद्यालयले पटकपटक अभिभावकलाई बोलाएर छलफल गर्न खोज्दा पनि सम्बन्धित अभिभावक नै नआउने गरेको उनले गुनासो गरिन् । गाउँबाट अर्को नजिकको स्कुल जान पनि करिब १ घण्टा लाग्छ, अर्को स्कुुल गएर पढ्ने पनि कुनै सम्भावना छैन, प्रअ बाँस्कोटाले भनिन्, ‘नजिकमा भएको हाम्रो स्कुलमा आफ्ना बालबालिकालाई पठाउन अभिभावकलाई पटकपटक आग्रह गर्दा पनि बालबालिका आउँदैनन् ।’ बिहान बेलुकाको छाक टार्नै मुस्किल हुने माझी समुदायका बालबालिकालाई समयमा खान दिएर विद्यालय पठाउन अभिभावकले नभ्याउँदा बालबालिका स्कुल नआउने गरेको शिक्षकहरूको भनाइ छ । माझी परिवारमा आफ्ना बालबालिकालाई विद्यालय पठाउनुपर्छ भन्ने ज्ञानको अभाव तथा मूूलतः गरिबीकै कारण यहाँका अभिभावकले आफ्ना बालबालिका विद्यालय पठाउन नसकिरहेको स्थानीय शिवनारायण माझीले बताए ।

२०७५ जेठ ७ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: