A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionv58disr9vpohnovd14v1832m4mlk9q4s): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

एकै कोठामा पढ्छन् दुइटा कक्षाका विद्यार्थी

लहान नगरपालिका–१६ तरेगनास्थित आधारभूत विद्यालयको एउटा कोठामा दुवैतिर डेस्क–बेन्च राखिएका छन्। विद्यार्थी पनि दुवैतर्फ छन्। एउटा कोठामा बस्ने विद्यार्थी भने एकै कक्षाका होइनन्, उनीहरू अलग–अलग कक्षाका हुन्। कक्षा ४ को कोठामा वडा कार्यालय सञ्चालन हुँदा कक्षा ४ र ५ का विद्यार्थी एकै ठाउँमा बसेर पढ्न बाध्य भएका हुन्। ‘एउटा कक्षाका विद्यार्थीलाई पढाउँदा अर्को कक्षाका विद्यार्थी सुनेर बस्नुपर्छ’, कक्षा ५ की सविता कार्कीले भनिन्, ‘दैनिक विद्यालय त आउँछु तर यसरी के सिक्नु रु ’ विद्यार्थीको पढाइ बिगिँ्रदा पनि विद्यालय प्रशासनले चासो नदेखाएको उनको गुनासो छ। एकातिर पढाइ भइरहेका बेला हामी गृहकार्य गर्छौं, नभए त्यत्तिकै बाहिर खेल्न जान्छौं’, कक्षा ४ का समीर लामाले भने, ‘एउटै कोठामा दुईवटा कक्षा हुँदा पूरा घण्टी पढाइ हुँदैन।

एउटै कोठामा दुई कक्षाको विद्यार्थीलाई राख्दा पढाइ प्रभावित भएको कक्षा ५ का दीपक यादवले सुनाए। अलग–अलग कक्षाकोठामा हुँदा राम्रै थियो’, उनले भने, ‘वडा कार्यालय दुई महिनाअघि विद्यालयमा आयो, हाम्रो पढाइ बिग्रिँदै गएको छ। वडा कार्यालय केही दिनका लागि विद्यालयमा राख्दा एउटा कोठामा दुई कक्षा चलाउनुपरेको प्रधानाध्यापक रामानन्द चौधरीले बताए। उनका अनुसार विद्यालयमा शिक्षक अभावसमेत भएको छ। ‘कक्षा ८ सम्म पढाइ हुन्छ तर ५ जना मात्रै शिक्षक छन्’, उनले भने, ‘शिक्षक पुग्दैन। विद्यार्थीलाई सबै घण्टी पढाउन सकेका छैनौं। आफ्नो भवन निर्माण भइरहेकाले २–३ महिनाभित्र विद्यालयबाट वडा कार्यालय सारिने वडाध्यक्ष गडुलबहादुर जर्घा मगरले बताए। भवन अभावले पहिले विद्यालयको चौतारोमै कार्यालय सञ्चालन गरेका थियौं’, उनले भने, त्यहाँ कागजात राख्न अप्ठ्यारो भएर विद्यालय भवनमा वडा कार्यालय ल्याउन बाध्य भएका छौं । भौतिक संरचना अभावले जिल्लामा यस वडालगायत नवराजपुर गाउँपालिका कार्यालय, लहानकै १४ नम्बर वडा र लक्ष्मीपुर पतारी गाउँपालिका–५ को कार्यालय विद्यालयबाट सञ्चालित छन् ।

२०७५ जेठ ११ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: