A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session7g34fmm10vfna05nojrg61cvug82lqq0): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

विद्यालय नजानेलाई १० रुपैयाँ जरिवाना

ओखलढुंगाको मानेभञ्ज्यांग गाउँपालिका-९ माधवपुरमा रहेको विद्याकालिकादेवी आधारभूत विद्यालयमा विद्यालय नआउने विद्यार्थीलाई जरिवना हुने व्यवस्था छ। विद्यालय नआउने विद्यार्थीले एक दिनको १० रुपैयाँ जरिवाना तिर्नुपर्छ।यस्तो व्यवस्था विद्यालयमा रहेको हिलटप बालक्लबले बनाएको हो। बालक्लबले एक दिन विद्यालय नआउँदा अर्को दिन अनिवार्य १० रुपैंया तिर्नुपर्ने नियम बनाएपछि विद्यार्थी नियमित स्कुल आउन थालेका छन्। यसरी संकलित रकम जम्मा गरेर प्रत्येक हप्ता अतिरिक्त क्रियाकलाप सञ्चालन गरेर चिठ्ठाद्वारा विद्यार्थीलाई कापी, कलम वितरण गर्ने गरिएको प्रधानाध्यापक होमनाथ वास्तोलाले बताए। उनले भने यसले विद्यार्थीलाई नियमित गर्न निकै सहयोग पुगेको छ, विद्यार्थी संख्यामा समेत वृद्धि भएको छ। बालक्लबको अभियानअन्र्तगत हरेक शुक्रबार अतिरिक्त क्रियाकलाप संचालन हुन्छन्। उक्त कार्यक्रममा सबै विद्यार्थी सहभागी हुन्छन् भने प्रत्येक शिक्षकले पालैपालो सञ्चालन गर्ने गर्छन्। यसले शिक्षक विद्यार्थी दुवैको सहभागिता वृद्धि गर्ने र क्षमता विकास गर्ने बताइएको छ। विद्यार्थीको बौद्धिक क्षमता विकास गर्न कक्षा सुरु हुनुपूर्व गरिने प्रार्थनामा दैनिक फरक फरक विद्यार्थीले दैनिक पाँचभन्दा बढी प्रश्न सोधेर अरु सहभागीबाट जवाफ लिने गर्छन्। यस्ता गतिविधिले विद्यालयको शैक्षिक गुणस्तर कायम गर्न, विद्यालय नियमित संचालन गर्न सहयोग पुगेको स्थानीय युवा भुवन श्रेष्ठले बताए। प्रस्तावित आधारभूत विद्यालयमा दरबन्दीमा कार्यरत एकजना मात्र स्थायी शिक्षक छन्। अन्य अस्थायी र राहत ५ र निजी स्रोतमा ३ जना शिक्षक कार्यरत छन्।०७१ सालमा जिल्लाकै नमूना विद्यालय बनेको विद्यालयमा हाल २ सय १९ जना विद्यार्थी अध्ययनरत छन् ।०७२ सालको भूकम्पले पूर्ण क्षति भएको विद्यालयको भवन नहुँदा अस्थायी टहरामा संचालित छ। 

२०७५ भदौ ४ गते ५:११ मा प्रकाशित

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: