समाचारमा बालबालिका

सुनवल नगरपालिका नेपालकै पहिलो बालमैत्री स्थानीय तह

पश्चिम नवलपरासीको सुनवल नगरपालिका नेपालकै पहिलो बालमैत्री नगर घोषणा भएको छ । बालमैत्री स्थानीय शासनका सम्पुर्ण सूचक पार गरेर आइतबार एक कायक्रमकाबीच प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बालमैत्री स्थानीय तह घोषणा गरेका हुन् । मुख्य मन्त्री पोखरेलले नेपालमा नै पहिलो पटक ५ नम्बर प्रदेशबाट अभियान सुरु भएकाले प्रदेशलाई पनि बालमैत्री बनाउनेतर्फ कार्ययोजना अगाडि बढाउने बताए । नगरभित्र १ सय ६० वटा बालक्लब१३ वटा नगरस्तरीय बाल सञ्जाल र बालबालिकाका लागि बालबालिका स्वयंसेविकाको व्यवस्था गरिएको छ। बालमैत्री स्थानीय शासनको नमुना नगरको रुपमा विकास भएको नगरपालिकाले राष्ट्रियस्तरको २७ ,संस्थागततर्फ १२ वटा र आफ्नै तीन वटा मौलिक सूचक तय गरेर ४२ वटा सूचक पार गरेको नगर प्रमुख भिम बहादुर थापाले बताए । स्थानीय निकाय हुँदा पनि २०७२ सालमा नेपालको पहिलो बालमैत्री नगरपालिका घोषणा भएको थियो। संघीयतामा मुलुक प्रवेश गरेपछि नगरमा गाभिएका थप तीन वटा वडामा बालमैत्री नीति , संरचना र बालसहभागिता सुनिश्चित गरेपछि संघियता पछिको पहिलो नगर घोषणा भएको हो ।

२०७५ भदौ ३ गते ३:०६ मा प्रकाशित