A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionnku3obfgltbvebr24ucte8ut7qmttolk): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

चितवनमा दुई किशोरी सामुहिक बलात्कृत, ७ युवक पक्राउ

चितवनमा दुई किशोरी सामुहिक बलात्कृत भएको घटना सार्वजनिक भएको छ । दुर्इ छुट्टाछु्ट्टै घटनाका आरोपी ७ जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्यूठान जिल्ला घर भइ भरतपुर ११ मा बस्दै १७ वर्षे किशोरीलाई गत साउन ३० गते सामुहिक बलात्कार गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा नवलपुर गैंडाकोट नगरपालिका(४ का २१ वर्षे युवराज सारुमगर, सोही नगरपालिका वडा नः २ का १९ वर्षीय सैन्थिल धिमाल, भरतपुर महानगरपालिका वडा नः ११ का २० वर्षीय आकाश थापा, महानगरपालिका वडा नः २९ का ३५ वर्षीय अर्जुन वि।क र अर्का १७ वर्षीय बालक छन् । घटना साउन ३० गतेको भएपनि पीडितका आफन्तले भदौं १ गतेमात्र प्रहरीमा जाहेरी दिएका थिए । उजुरीका आधारमा प्रहरीले युवाहरुलाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरु भरतपुरको एक पानी उद्योगमा काम गर्ने युवक रहेको र उनीहरुले मादकपदार्थ सेवन गरी किशोरीलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी शिव शर्मा आचार्यले जानकारी दिए । प्रारम्भिक अनुसन्धान र जाहेरी हेर्दा पाँच युवाको संलग्नता देखिएपनि थप जानकारी अनुसन्धानपछि मात्र हुने उनले बताए । घटनाबारे अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ । किशोरीको स्वास्थ्य परीक्षणका लागि भरतपुर अस्पतालमा पठाइएको छ । तर, रिर्पोट भने आइनसकेको प्रहरीले जनाएको छ ।

माडीमा अर्की किशोरी बलात्कृत

चितवनकै माडी नगरपालिकामा १५ वर्षीय एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । किशोरीलाई बलात्कार गरेको भन्दैं दुईजना युवकलाई प्रहरीले भदौं १ गते गिरफ्तार गरेको छ । बलात्कारको आरोपमा पक्राउ पर्नेमा माडी नगरपालिका-३ का २३ वर्षे रामप्रताप महतो र सोही स्थानका २४ वर्षका नवराज महतो रहेछन् । घरतर्फ जाँदै गरेकी किशोरीलाई मोटरसाइकलमा आएका दुईजना युवाले घर पुर्‍याइदिने भन्दैं एकान्त स्थानमा लगेर बलत्कार गरेको प्रहरीले बताएको छ ।

२०७५ भदौ ४ गते ३:४० मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: