A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionsp2ncv079fhr9j1hk5m5psjdusdjkhv7): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

हराएका बालक दिल्लीमा

वीरगन्ज घर बताउने एक बालक भारतको राजधानी दिल्लीमा फेला परेका छन् । आफ्नो नाम भोलामहादेव पटेल बताउने करिब ७ वर्षीय बालक दिल्लीस्थित महिला बेचबिखनविरुद्ध कार्यरत संस्था केआई नेपालको शाखामा आइतबारदेखि आश्रित छन् । केआई नेपाल वीरगन्ज शाखा प्रमुख तारा सापकोटाका अनुसार केआई नेपाल दिल्ली शाखा प्रमुख नवीन जोशीले शाखामा ती बालकलाई हाल आश्रय दिएका छन् । दिल्ली प्रहरीले ती बालकलाई आइतबार त्यहाँस्थित रेल्वे स्टेसनमा बेवारिसे अवस्थामा फेला पारेपछि जोशीलाई सम्पर्क गरेका थिए । त्यसपछि जोशीले ती बालकबारे सापकोटालाई सूचना दिएका हुन् । बालकले बुवाको नाम सुरज र आमाको नाम संगीता बताएका छन् । बालकले आफू बाबा बोर्डिङ स्कुलमा पढ्ने र आफ्ना शिक्षक शिक्षिकाको नाम क्रमशस् दीपक र रानी बताएका छन् । दाजुको नाम धिरज र भाइको नाम गोलु बताउने उनले कहिले आफ्नो घर वीरगन्ज १२ पानगल्ली, कहिले रानिघाट, कहिले बनारसी चोक बताएका छन् । अत्यधिक रोइकराइ गरिरहेका उनी त्यहाँ कसरी पुगे भन्ने बारे अझै यकिन हुन सकेको छैन । वीरगन्जको सीमावर्ती भारतीय सहर रक्सौलबाट दिल्लीसम्म सोझै चल्ने सत्याग्रह एक्सप्रेस रेलबाट उनी त्यहाँ पुगेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । उनी आफैं रेलमा चढे वा कसैले उनलाई फकाएर लग्यो भनी खुल्न सकिरहेको छैन । प्रहरीको सहयोगबाट बालकका अभिभावक तथा परिवारजन पत्ता लगाउने प्रयास जारी रहेको सापकोटाले बताइन् । अवस्थामा फेला परेका बालक ।

२०७५ भदौ ६ गते १२:२६ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: