A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session7bjvedp6mid683qsoh815ert8imb9om6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

आमाले फालेको पाँच दिनपछि उद्धार गरिएकी बालिकाको मृत्यु

आफ्नै आमाले शौचालयमा फालेकी १० महिने बालिका जमुना बिकको पाँच दिनपछि जिवितै उद्धार गरिए पनि बचाउन भने सकिएन । उपचारकालागि झापाको विर्तामोडस्थित मनमोहन अस्पताल पुर्‍याइए पछि चिकित्सकले मृत घोषणा गरेका हुन । पाँचथरको फिदिम, इलामको फिक्कल अस्पतालमा देखाउँदै विर्तामोड अस्पतालमा पुर्‍याउँदासम्म ढुकढुकी बाकी थियो। अस्पताल पुगेको केही समयपछि चिकित्सकले मृत घोषणा गरे, बालकलाई अस्पताल लिएर गएका टिकाराम गौतम स्मृति प्रतिष्ठानका एम्बुलेन्स चालक बिक्रम मिश्रले भने। जिल्लाको पाथिभरा याङवरक गाउँपालिका–२ थेचम्वू कलेवारीकी कमला विकले आफ्ना दुई जुम्ल्याहा छोरी गंगा र जमुनालाई शौचालयको ट्यांकी भित्र फालेकी थिइन्। कमला त्यही दिनदेखि बेपत्ता छन्। उनको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। उनले शनिवार बच्चा फालेको अनुमान प्रहरीले गरेको छ। उनले अवैध गर्भवाट १० महिनाअघि घरैमा जुम्ल्याहालाई जन्मदिएकी थिइन्। बुधबार कमलाकी आमा सञ्जमायाले खाल्टोभित्र बच्चाको आवाज आएपछि गाउँमा हल्ला गरेकी थिइन्। गाउँलेहरुले ट्यांकीबाट निकालेर उपचारकालागि जिल्ला अस्पताल ताप्लेजुङ पुर्‍याएका थिए। खर्च नभएपछि गाउँलेहरुले २० हजार संकलन गरी उपचारकालागि पठाएका थिए। कमला आमा सञ्जमायासँगै बस्दै आएकी थिइन्। दुवै बालिकाको पोष्टमार्टम गरेर शव परिवारलाई वुझाउने बस्नेतले वताए। घटनाको अनुसन्धान वुधबारबाटै सुरु भइसकेको पनि उनले जानकारी दिए।

२०७५ साउन ३१ गते ९:५८ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: