समाचारमा बालबालिका

करेन्ट लागेर एक किशोरीको ज्यान गयो

डोटीको केआईसिंह गाउँपालिका–५, रानागाउँमा ११ हजार भोल्टेजको हाइटेन्सन लाइनको करेन्ट लागेर लागेर एक किशोरीको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता लालबहादुर धामीका अनुसार करेन्ट लागेर ज्यान गुमाउनेमा त्यसै गाउँपालिकामा बस्ने १७ वर्षकी गंगाकुमारी धामी रहेकी छन् ।घर नजिकैको टुडीको रुख काट्ने क्रममा रुख ११ हजार भोल्टेजको हाइटेन्सनको लाइनमा खस्दा उनलाई करेन्ट लागेको हो ।

२०७५ भदौ ५ गते प्रकाशित