समाचारमा बालबालिका

लमजुङमा एक वर्षमा ६ जना बलात्कृत

लमजुङमा एक वर्षमा बलत्कारका ६ वटा घटना भएका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङको तथ्यांकअनुसार सबै बलत्कारका घटनामा १६ बर्ष मुनीका नाबालिका र किशोरी रहेका छन् । विगतका वर्षहरुलाई हेर्दा आर्थिक वर्ष ०७३/७४ मा लमजुङमा ११ वटा बलत्कारका घटना भएका छन्। बलत्कारका मुद्दाहरु दर्ता भएर कानुनी कार्वाहीको प्रक्रियामा रहेको जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला तथा बालबालिका सेवा केन्द्रका प्रमुख नन्दु अधिकारीले बताईन ।जिल्लामा बलत्कारका घटना बढ्नुको कारण अभिभावक सचेत नहुनु, बढ्दो आधुनिकता, सामाजिक सञ्जालको प्रयोग रहेको अनुसन्धानले देखाएको छ । यस्तै, मदिरा सेवन तथा अश्लील चलचित्रका कारण पनि बलत्कारका घटना बढेको प्रहरी नायव उपरिक्षक यादव ढकालले बताए ।

२०७५ साउन ३१ गते प्रकाशित