A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionrjc7p1kcbeiq3oqbl3bq4n0egri71ch6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

जुस पिउँदा विद्यार्थी बिरामी

भारतीय कम्पनीले उत्पादन गरेको ‘मिलो’ नामक जुस पिउँदा महानगर–२ स्थित बुढानीलकण्ठ बोर्डिङ स्कुलका १५ विद्यार्थी शुक्रबार बिरामी परेका छन् । विद्यार्थीमा बान्ता हुने, टाउको दुख्ने, पातलो दिसा लाग्ने र पेट दुख्ने लक्षण देखिएको चिकित्सकले बताएका छन् । विद्यार्थीमा बान्ता हुने, टाउको दुख्ने, पातलो दिसा लाग्ने र पेट दुख्ने लक्षण देखिएको चिकित्सकले बताएका छन् । बिरामीमध्ये ५ जनाको विराट अस्पतालमा उपचार भइरहेको छ । बाँकी उपचारपछि घर फर्केका छन् । जुस उत्पादक कम्पनी ‘नेस्ले’ का बजार प्रतिनिधिले विद्यालयका कक्षा ३ देखि ७ सम्मका विद्यार्थीका लागि फुटसल कार्यक्रम आयोजना गरेका थिए । त्यही क्रममा विद्यार्थीलाई जुस खुवाइएको थियो । विद्यालयका प्रिन्सिपल मणिराज भट्टराईका अनुसार सयभन्दा बढी विद्यार्थीले जुस पिएका थिए । बिरामीमध्येका अंशु साह, कृषरञ्जन कर्ण, एन्जल साह, एलिसा साह र रोशन दासको अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । ‘सबैले एउटै चिज खाएकाले समान लक्षण देखा परेको छ,’ चिकित्सक हेमसागर रिमालले भने, ‘यो जुसको फुड पोइजन हुन सक्छ । प्रहरीले कम्पनीका बजार प्रतिनिधि झापा कन्काई नगरपालिका २ का प्रदीप घिमिरे र महानगर ९ का महेन्द्रकुमार अग्रवाललाई को१स ३५६ नम्बर सिटी रिक्सामा राखिएको ४० कार्टुन मिलो जुससहित नियन्त्रणमा लिएको छ । उनीहरूलाई क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पठाइएको मोरङका प्रहरी प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए ।

२०७५ भदौ २ गते ७:२८ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: