समाचारमा बालबालिका

छोरी बलात्कार आरोपमा पक्राउ

छोरी बलात्कार गर्ने बुवालाई प्रहरीले पक्राउ गरेको छ। १४ वर्षीया छोरी बलात्कार आरोपमा ३४ वर्षीय जंगबहादुर सुनारलाई प्रहरीले सोमबार वीरेन्द्रनगरबाट पक्राउ गरेको हो। तीन–चार महिनादेखि स्कूलमा आएर पढ्न मन नगर्ने, रुने, डराउने गर्न थालेपछि सोधपुछ गर्दै जाँदा बालिकाले आफूमाथि बलात्कार हुने गरेको बताएकी थिइन्। प्रहरीका अनुसार सुनार बालिकाका झड्केलो बाबु हुन्। बैशाखदेखि आफूमाथि नियमित बलात्कार हुने गरेको बालिकाले बताएकी छन्। सुनारले कसैलाई भने ज्यानमार्ने धम्की दिने गरेका थिए। प्रहरीले सोमबार जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान थालिएको बताएको छ।

२०७५ भदौ ५ गते ११:०५ मा प्रकाशित