A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session7266ci330vobgoee9iurl6rsqjga84ii): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

९ घण्टापछि अपहरित बालकको उद्धार

कैलाली–६ बिनौलीका बालकृष्ण चौधरीका छोरा खेमनलाई सोमबार बिहान सवा ८ बजे मोटरसाइकलनमा आएका व्यक्तिले विद्यालयबाटै अपहरण गरेका थिए । दिउँसो २ बजे अपहरणकारीले बालककी आमा बिना चौधरीलाई फोन गरेर बालक आफुसँग रहेको र ‘भोलि बिहान काठमाडौं बसपार्कमा भेट्न आउनु, प्रहरीलाई जानकारी गराए खेमनको हत्या गर्ने’ धम्की दिएको कैलालीका प्रहरी उपरीक्षक बिनोद घिमिरेले बताए । प्रहरीकाअनुसार अपहरणकारी कैलालीको गोदावरी नगरपालिका हरैयाका बिर्जु चौधरी हुन् । कैलारी-६ का वडाध्यक्ष प्रेम चौधरीले दिउँसो ११ बजे इलाका प्रहरी कार्यालय हसुलियामा जानकारी गराएपछि प्रहरी परिचालित भएको थियो । दिउँसो २ बजे अपहरणकारीले गरेको फोनको लोकेसनका आधारमा प्रहरीले उनलाई पछ्याएको जनाएको छ । अपहरणकर्ताको लोकेसन बाँकेको शमसेरगञ्ज देखिएपछि बाँके र दाङको प्रहरीसँग समन्वय गरी अपरान्ह्र ६ बजे अपहरित बालकलाई भालुवाङबाट शकुसल उद्धार गरिएको प्रहरी उपरिक्षक घिमिरेले बताए । अपहरण गर्ने बिर्जु चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । ‘प्रहरीलाई खबर गरे बालकको हत्या गर्ने धम्की दिइएकाले निक्कै सतर्कताका साथ अपरेशन गरेका थियौं,’ उपरीक्षक घिमिरेले भने, ‘बालकका आमाबाबु दिनभर हसुलिया प्रहरी चौकीमा रोइ बसेका छन् ।’ बालकलाई ल्याउने जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी नायव निरीक्षकको टोली भालुवाङ पठाइएको कार्यालयले जनाएको छ । प्रहरीको प्रारम्भिक अध्ययनअनुसार अपहरणकारी बिर्जु चौधरीले खेमनकी आमालाई आफुसँग बिहे गर्ने उद्देश्यले बालकलाई अपहरण गरेको हुन् । बिर्जु विवाहित र छोराछोरीसमेत भएकाले खेमनकी आमा बिनाले बिर्जुसँग विहे गर्न इन्कार गरेकोले खेमनलाई अपहरण गरेको हुनसक्ने प्रहरी उपरीक्षक घिमिरेले बताए ।

२०७५ भदौ ४ गते ८:१६ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: