A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiona673ota7ebkderk7thvn99rdhupfj0uq): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

फेरि भर्ना अभियान

जिल्लामा फेरि भर्ना अभियान सुरु गरिएको छ । धेरै संख्याका बालबालिका विद्यालयबाहिर रहेकाले दोस्रो चरणको विशेष अभियान थालिएको हो । रामवनमा शनिबार ६८ बालबालिकालाई विद्यालय भर्ना गरियो । अभियानअन्तर्गत ‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचको सुनिश्चितता सिकाइको स्थायित्व’ नारा तय गरिएको छ । शिक्षाबाट वञ्चित डोम, चमारजस्ता पिछडिएको समुदायका बालबालिकालाई विद्यालय ल्याउने उद्देश्य छ । अभियान क्रममा दक्षिणी क्षेत्रमा पर्ने गोडैता नगरपालिका–५, रामवनका ६८ बालबालिकालाई श्रीमती सरस्वती देवी कुशवाह सामुदायिक प्राथमिक विद्यालयमा भर्ना गरिएको शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय मलङा, सर्लाहीका प्रमुख चेतकुमार पोखरेलले जानकारी दिए । पोखरेल र गोडैता नगर प्रमुख देवेन्द्र कुमार यादवले संयुक्त रुपमा शैक्षिक सामग्री वितरण गर्दै बालबालिकालाई भर्ना गरेका थिए । पहिलो चरणको अभियानमा धेरै बालबालिका छुटेकाले भदौ मसान्तसम्मलाई दोस्रो चरणको अभियान थालिएको एकाइ प्रमुख पोखरेलको भनाइ छ । ‘जिल्लामा ५ प्रतिशत बालबालिका विद्यालयबाहिर छन्, तिनलाई भदौ मसान्तसम्ममा विद्यालय ल्याउन अभियान सुरु गरेका छौं,उनले भने, ‘पहिलो चरणमा ५ हजार बालबालिका मात्र भर्ना भए, बाँकी रहेकालाई विद्यालय ल्याउन अभियानले टेवा पुग्नेछ ।’ अशिक्षा, गरिबी, बालमजदुरी र अभिभावकलाई मजदुरीमा सघाउनुपर्ने बाध्यताका कारण बालबालिका विद्यालय आउन नसकेको शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयले जनाएको छ । कार्यालयले जिल्लाका २० वटै स्थानीय तहमा कम्तीमा एउटा विद्यालयमा अभियानको सुरु गर्ने र त्यसपछि स्थानीय तहलाई नै अभियानलाई निरन्तरता दिन आग्रह गरिने पोखरेलले बताए । जिल्लामा अझै पनि २५ हजार ५ सय १५ जना बालबालिका विद्यालय बाहिर छन् । पछिल्लो तथ्यांकअनुसार साक्षरता प्रतिशतमा सर्लाही सबैभन्दा पछि छ । यसले गर्दा पनि अभियान प्रभावकारी ढंगले अघि बढाउन लागिएको कार्यालयले जनाएको छ । कार्यक्रममा नगर प्रमुख यादवले विद्यालयभन्दा बाहिर रहेका बालबालिकालाई भर्ना गराउन नगरपालिकाले पहल गरिरहेको बताए । उनले डोम समुदायका बालबालिका निरन्तर विद्यालय आए बस्तीमा १० लाखको शौचालय बनाइदिने योजना ल्याएको जानकारी दिए ।

२०७५ भदौ ४ गते १०:०३ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: