A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionqjrdc46vsqro4nt0dchn292c0ijhcnuo): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

झापामा बालिकामाथि सामूहिक दुर्व्यवहार

झापाको मेचीनगर वडा नम्बर ७ दक्षिण सतिघट्टा मार्गको चिया बगानमा १४ वर्षिय बालिकामाथि दुर्व्यवहार भएको छ। स्थानीय विद्यालयमा कक्षा ८ मा अध्ययनरत बालिका कोचिङ कक्षाका लागि विद्यालय आउँदै गर्दा आइतबार बिहान ७ बजे बगानबीचको बाटोमा ३ जनाले दुर्व्यवहार गरेको विद्यालयका प्रधानाध्यापक सागर गुरुङले जानकारी दिए। सधैँ बिहान सवा ७ बजेदेखि हुने कोचिङ कक्षाका लागि आउँदै गर्दा बगानको बिचमा आइपुगेपछि एक्कासी तीन जनाले साइकल रोकेर उनीमाथि दुर्व्यवहार गरेका थिए। जबर्जस्ती बगानभित्र लगिएकी बालिका चिच्याएपछि केटाहरू भागेको बालिकाले प्रिन्सिपल समक्ष बताएकी थिइन्। बालिकाले विद्यालयमा दिएको जानकारी अनुसार करिब २३र२४ वर्ष उमेरका ३ जना युवामध्ये अगाडिबाट समात्ने एक जनाले कालो जिन्सको पेन्ट लगाएको, कपाल लामो र जुँगा थियो। अन्य दुई जनाले पछाडिबाट समातेको हुनाले आफूले नदेखेको बालिकाले बताएकी छन्। कोचिङ कक्षामा अरु दिनभन्दा ढिलो पुगेकी बालिका रोइरहेको अवस्थामा शिक्षकले देखेपछि सोधीखोजी गर्दा बालिकाले घटनाबारे विद्यालयलाई बताएकी थिइन्। घटना थाहा पाए लगत्तै इलाका प्रहरी कार्यालय काकरभिट्टामा  जानकारी गराएको प्रिन्सिपल गुरुङले बताए। उनले घटनामा संलग्नलाई पहिचान गरी कडा भन्दा कडा सजाय दिन माग गरेका छन्। सधैँजसो ४र५ जनाको समूहमा हिँड्ने गरेको भए पनि आज साथीहरू भन्दा ढिलो भएकाले उनी एक्लै विद्यालय आउँदै गर्दा यस्तो घटना भएको प्रिन्सिपलले बताए। घटनाको बारेमा जानकारी हुने बित्तिकै सतिघट्टा रोडको बगान र आसपासको क्षेत्रमा बालिकालाई दुर्व्यवहार गर्ने समूहको खोजीका लागि प्रहरी परिचालन गरिएको काकरभिट्टाका प्रहरी नायव उपरीक्षक महेश थापाले जानकारी दिए।

२०७५ भदौ ३ गते १२:२१ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: