A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session7bjvedp6mid683qsoh815ert8imb9om6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

होस्टेलमा छात्रामाथि प्रधानाध्यापकको बाँसको डण्डा, तीन घाइते

एक निजी विद्यालयका प्रधानाध्यापकले तीन जना विद्यार्थीलाई कुटपिट गरेका छन्। प्रधानाध्यापकको कुटाइबाट विद्यार्थीको शरीरका विभिन्न भागमा निलडाम भएका छन्। व्यास–२ दमौली स्थित वाराही आवासीय माध्यामिक विद्यालयका प्रधानाध्यापक लक्ष्मण ताम्रकारको कुटाईबाट तीन जना विद्यार्थी घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। कक्षा १० मा पढ्ने व्यास नगरपालिका–४ दमौलीकी १६ वर्षीया कविता आले ,१६ वर्षीया एकिका थापा र व्यास-२ दमौलीकी १६ वर्षीया क्रिष्ट्रिना श्रेष्ठ घाइते भएका छन्। प्रधानाध्यापकको कुटाइबाट घाइते छात्रा उक्त विद्यालयको छात्रावासमा बसेर अध्ययनरत हुन्। ‘सरले राति किन हल्ला गरेको भनेर बाँसको लट्ठीले खुट्टामा जोडले हिर्काउनु भयो, हिँड्न मिलेको छैन,’ कुटाईबाट घाइते भएकी छात्रा एकिकाले भनिन्। कविताकी आमा विमला आलेले शिक्षकको कुटाईले उनकी छोरीको दुई ठाउँमा गहिरो चोट लागेकोले निलडाम देखिएको बताइन्। ‘गल्ती नै गरे पनि पिट्न पाइँदैन, कक्षा कोठामा पनि हैन, सुत्ने ठाउँमा हल्ला गरेको भनि घाइते हुने गरी कुटेछन्, छोरी डरले कापिरहेकी छ’ विमलाले भनिन्। घाइते छात्राका अभिभावकले जिल्ला प्रहरी कार्यालय तनहुँ र महिला तथा बालबालिका सेवा केन्द्रमा ताम्रकारलाई कारबाहीको माग गर्दै उजुरी दर्ता गरेका छन्। उजुरी दर्ता पछि दमौली अस्पतालमा घाइते छात्राहरुको स्वास्थ्य परीक्षण गर्न पठाइएको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए। ‘प्रिन्सिपललाई अनुसन्धानको लागि बोलाएका छौँ, उहाँ अहिले गाईजात्रा मनाउन धरान जानु भएको रै’छ शुक्रबार सम्ममा दुवै पक्षको भेट गराई छलफल चलाउँछौं,’ शाहले भने। ‘बालमैत्री वातावरणमा पठनपाठन गराउनुपर्ने हो, विद्यार्थीलाई हप्काउने, कुट्ने गर्न पाइदैन विद्यालय यातना गृह हैन, कडा कारबाही हुनुपर्छ’ घाइते एकिकाकी आमा गीता थापाले भनिन्। प्रहरीका अनुसार प्रधानाध्यापक ताम्रकारले सोमबार बिहान तीन छात्रालाई आलो पालो गर्दै कुटेका थिए। घटनाको बारेमा ताम्रकारसँग सम्पर्क गर्न खोज्दा उनको मोबाइलमा सम्पर्क हुन सकेन।

२०७५ भदौ ६ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: