A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session8idsq8cp5v8m0j6tn5cdb4hr2qndt2ta): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

यसरी रोकियो बालविवाह

चन्द्रपुर ४ का दिपेन्द्रकुमार शुक्रबार बेहुली लिन सन्तपुर जाने तयारीमा थिए । बिहान अचानक विवाह रोकिएको खबर आयो । परिवारका सदस्यहरू झस्किए । आखिर कारण के हो रु प्रहरी, जनप्रतिनिधि र अभियान्ताहरूको टोली पुगेर केटीको उमेर नपुगेको भन्दै विवाह रोक्न भनिएको थियो । त्यसपछि बेहुलीको घरमा रुवाबासी चल्यो । साँझसम्म छिमेकीहरू सम्झाउँदै थिए ।केटाको घरको अवस्था उस्तै थियो । वरपरका छिमेकीहरू जन्ती जाने दिनमा विवाह रोकिनु दुखदायी भएको सुनाउथे । केटीको उमेर नपुगेकाले विवाह रोकिएको दिपेन्द्रका आफन्त सुनाउथे । उनका भिनाजुले प्रहरी र अभियन्ताको टोली केटीको घर पुग्नुभन्दा अघिल्लो दिनमा आफूहरूले उमेर नपुगेको थाहा पाएर विवाह रोकेको बताउँछन् । तराई मधेसमा एक पटक विवाह रोकिएपछि सामाजिक रूपमा अप्ठेरो पर्ने बताउँछन् । यही कारणले केटाभन्दा केटीको घरमा मानिसहरूको बाक्लो उपस्थिति थियो । दुबैको घरमा जग्गे बनाइएको थियो । सञ्चारकर्मीको टोली केटीको घर पुग्दा छिमेकीहरू नाम नराख्न अनुरोध गर्थे । घर अगाडि पन्डाल टाँगिएको थियो । धुमधामसँगले छोरीको विवाह गर्ने सुरमा रहेका अभिभावक अब समस्यामा परेको भनेर रुन्थे । उनीहरू छोरीको उमेर २० वर्ष पुगेको दाबी गर्थे । अभियन्ता र प्रहरीले जन्म दर्ता माग्दा दिन सकेनन् । बालविवाह हुँदै छ भन्ने सूचना पाएर बेहुलीको घर पुगेको टोलीले विवाह रोक्न दबाव दिएपछि अभिभावकहरू तनावमा परे । सन्तपुर चौकीका प्रहरी सहायक निरीक्षक देबराज यादव, चन्द्रपुर नगरपालिकाकी उपमेयर रामरति चौधरी, वडा अध्यक्ष पासपात चौधरी, वडा सदस्यहरू, अभियान्ता मेनुका भारती सहितको टोली बेहुलीको घर पुगेर अभिभावकलाई सम्झाउँदै विवाह रोक्न दबाव दिएका थिए ।

अभियन्ता भारतीले केटीको उमेर १५/१६ वर्ष मात्र भएको बताइन् । बालविवाह रोक्न सफल भएका छौं, उनले भनिन्, अभिभावकहरू नै जानाजानी आफ्नो छोरा, छोरीको बालविवाह गर्न खोज्छन् । चेतना भनौं वा जानाजानी, यसमा अभिभावकहरू चुकेको उनले सुनाइन् । उनी जनसेवा नेपाल संस्थाको घटना व्यवस्थापक अधिकृत हुन् । संस्थाले जिल्लाभरी बालविवाह रोक्ने अभियान थालेको छ । चन्द्रनिगाहपुरमा कक्षा १२ मा पढ्दै गरेका दिपेन्द्रसँग विवाह हुँदै थियो । विवाह रोकिए पछि बेहुला, बेहुली पक्ष तनावमा छन् । एक साताअघि चन्द्रपुर ६ स्थित झनभनेटोलमा एक किशोरीको उमेर नपुगी हुन लागेको विवाह प्रहरीले रोकेको थियो । गएको शुक्रबार राति यमुनामाई गाउँपालिका १ स्थित चिकनाटोलका मनोज सहनीको छोरीको उमेर नपुगी विवाह हुँदैछ भन्ने प्रहरीलाई खवर पुग्यो । सुकदेव प्रहरी चौकीबाट टोली केटीको घर पुग्यो । त्यसपछि जन्तीबीच केही भागाभाग भयो । बेहुली मनुती सहनीको जन्मदर्ता हेर्दा २० वर्ष पुग्न केही महिना मात्रै बाँकी देखिएपछि प्रहरीको टोली राति करिव ११ बजे फर्कियो । त्यसपछि मनुतीको यहाँ स्थित गरुडा नपा २ का राज किशोर सहनीसँग भयो । पछिल्लो केही समय जिल्लामा बीस वर्ष नपुगी विवाह गर्नेको संख्या बढेको छ । अभिभावकहरू जानाजानी विवाह गराउन अघि सर्ने गरेको अभियन्ताको आरोप छ । उमेर नपुगी विवाह हुन लागेको सूचना पाएपछि अभियान्ता, प्रहरी र जनप्रतिनिधिहरू विवाह हुने घरमा पुग्ने गरेका छन् । भदौबाट कार्यान्वयनमा आएको मुलुकी देवानी संहितामा विवाह गर्ने उमेर केटा वा केटी दुवैको २० वर्ष पुगेको हुनुपर्ने व्यवस्था गरेको छ । जिल्लामा अहिले पनि १५ देखि २० वर्ष बीचको उमेर अधिकांश किशोरीहरूको विवाह हुने गरेको पाइएको छ । चन्द्रनिगाहपुरमा उमेर नपुगी विवाह रोकिएको यो दोस्रो घटना हो । यही बिहीबार चन्द्रपुर ५ चिडियादहमा रामबहादुर मण्डलको छोरी बिना मण्डलको पनि उमेर नपुगी विवाह हुन लागेको सूचना पाएपछि प्रहरीको टोली पुगेर जन्म दर्ता माग्यो । केटीको उमेर बीस वर्ष पुगिसकेको स्पष्ट भएपछि प्रहरी फर्किएको थियो।

२०७५ फागुन २६ गते ९:४९ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: