A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionggcvtspvnroi469uqtnt2uj7i6k6q02h): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

सामुदायिकका विद्यार्थीको स्वास्थ्य कमजोर

जिल्लाका सामुदायिक विद्यालयका विद्यार्थीको स्वास्थ्य अवस्था कमजोर पाइएको छ । उनीहरूमध्ये १८ प्रतिशत कुपोषित छन् । ५० प्रतिशत कुपोषण हुन सक्ने सीमारेखामा भेटिएका छन् । केआई सिंह गाउँपालिकाले वडा नं। ५ स्थित भुवनेश्वरी मावि र दुर्गा प्राविका १ सय ७३ विद्यार्थीको स्वास्थ्य परीक्षण गर्दा यस्तो तथ्यांक भेटिएको स्वास्थ्य इकाई संयोजक तिलबहादुर बोहराले जानकारी दिए । ‘सरसफाइ र पोषणमा अभिभावकले ध्यान नदिएका कारण यस्तो अवस्था फेला परेको हो,’ उनले भने, ‘यसले गाउँपालिकालाई प्रभावकारी कार्यक्रम ल्याउन सुझाव मिलेको छ । गाउँपालिकाले विद्यार्थीको तौल, उचाइ र उमेरका आधारमा मापन गरेको थियो । १ सय ९२ जनाको स्वास्थ्य परीक्षण गरिए पनि ५ वर्षभन्दा माथिका १ सय ७३ जनाको मात्रै कुषोषणको अवस्था जाँच गरिएको थियो । सुदूरपश्चिममै पहिलोपटक गाउँपालिकाले विद्यार्थीको स्वास्थ्य परीक्षण अभियान चलाएको हो । गुणस्तरीय शिक्षाका लागि बालमैत्री राष्ट्रिय प्रारूपमा सामुदायिक विद्यालयले वर्षमा दुईपटक विद्यार्थीको स्वास्थ्य परीक्षण गर्नुपर्ने उल्लेख भए पनि कसैले कार्यान्वयन गरेका छैनन् । केआई सिंह गाउँपालिकामा पारस्परिक जवाफदेहिता परियोजनाअन्तर्गत रानागाउँ स्थानीय सभाले पैरबी गरेपछि गाउँपालिका अध्यक्ष लोकेन्द्र शाहीले बिहीबार अभियान सुरुआत गरेका हुन् । गाउँपालिकाले डा। राजु गुरुङको नेतृत्वमा स्वास्थ्य टोली खटाएको छ । ‘उपचारका लागि अन्तिम घडीमा मात्रै अस्पताल पुग्ने हाम्रो बानी छ,’ अध्यक्ष शाहीले भने, ‘रोग लाग्नुपूर्व नै विद्यार्थीको स्वास्थ्य अवस्था कस्तो छ भनेर सतर्कता अपनाउन अभियान चलाएका हौं । अध्यक्ष शाहीले कुपोषित बालबालिका फेला परेको विषयलाई गम्भीर रूपमा लिइएको बताए । विद्यार्थीको नियमित स्वास्थ्य परीक्षणले पढाइमा समेत सुधार आउने विश्वास लिइएको भुवनेश्वरी माविका प्रधानाध्यापक रमेश शाहीको भनाइ छ । विद्यार्थीको उचाइ, तौल लिनुका साथै आँखा, कान, नाक, घाँटी, दाँतलगायत परीक्षण गरिएको डा। गुरुङले जानकारी दिए । १ सय ९२ मध्ये ५१ जनाको दाँत, २० जनाको कान, ५ जनाको आँखामा समस्या देखिएको थियो। गाउँपालिकाले स्वास्थ्य परीक्षणका क्रममा आँखामा कमजोरी देखिएकालाई चश्मा, विद्यालयलाई प्राथमिक स्वास्थ्य उपचार सामग्री र छात्राका लागि सेनेटरी प्याड वितरण गरेको छ।

२०७५ फागुन २६ गते ७:५९ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: