A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionuv18ap1beiob4jk4dkp76skuv9dftq98): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालविवाह गराउने बाबु पक्राउ

प्रहरीले बालविवाह गराउने दुलाहा र दुलहीका बुवालाई पक्राउ गरेको छ। आइतबार पक्राउ परेका उनीहरुलाई बालविवाह अन्तर्गतको मुद्दा दायर गरिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ९डिएसपी० प्रदिपबहादुर क्षेत्रीका अनुसार बराहताल गाउँपालिका–१० का ४७ वर्षीय जीतबहादुर सिंजाली र ४६ वर्षीय गंगाराम खत्रीलाई पक्राउ परिएको हो। पक्राउ परेका सिंजालीले १४ वर्षीय छोराको विवाह सोही ठाउँकी १८ वर्षीया बालिकासँग विवाह गराउँदै थिए। स्थानीयले दिएको सूचनाका आधारमा प्रहरीले बालविवाह रोकेर बालक र बालिकाका बुवालाई पक्राउ गरेको थियो। बराहताल गाउँपालिकाको वडा नम्वर–१० अत्याधिक बालविवाह हुने ठाउँ हो। प्रहरीले पछिल्लो दुई महिनाको अवधिमा यो ठाउँमा हुँदै गरेको पाँच वटा बालविवाह रोकेको छ। सम्झाउँदा पनि बालविवाहका घटना नरोकिएपछि बालक र बालिकाका बुवालाई पक्राउ गरेर मुद्दा चलाइएको डिएसपी क्षेत्रीले जानकारी दिए। ‘यसअघि हुँदै गरेका बालविवाह मण्डपमै पुगेर रोकेका थियौं’ उनले भने, ‘यति गर्दापनि बालविवाहका घटना न्यूनिकरण नभएपछि पक्राउ गरेर मुद्दा चलाएका हौं। प्रहरी निरीक्षक प्रेम रेग्मीले जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको बताए। उनले संविधानको परिच्छेद ११ को दफा १७३ अन्तर्गत दुबैलाई मुद्दा चलाइएको बताए। कानुनमा बालविवाह गर्ने तथा गराउनेलाई तीन वर्षसम्म कैद र ३० हजार स्पपयाँसम्म जरिवानाको व्यवस्था छ।

२०७५ फागुन २९ गते १२:४५ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: